किन साना लगानीकर्ताहरु शेयर ट्रेडिङ्ग एपमा झुम्मिएका छन्?

Jul 06, 2021 07:01 PM Merolagani

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विश्वका अधिकांश मुलुकहरुले अपनाएको लकडाउन रणनीतिले मानिसहरुलाई घरमा सीमित राखेको छ।

सो समयमा मानिसहरुसँग पर्याप्त समय थियो। गर्नलाई खासै धेरै काम थिएन भने यात्रा गर्न पनि प्रतिबन्ध लगाइएको थियो। यस्तो समयमा मानिसहरु टाइमपास गर्न र त्यसका साथै केही आम्दानी गर्ने बाटोको खोजीमा थिए। त्यसको उचित विकल्प बन्यो शेयर बजार।

लकडाउनका कारण नेपालमा मात्र होइन विश्वका धेरै मुलुकहरुको शेयर बजारमा नयाँ लगानीकर्ताहरु भित्रिएका छन्। विदेशमा साना लगानीकर्ताहरु ट्रेडिङ्ग एकमा झुम्मिएका छन्।

तर, के यो नयाँ लगानीकर्ताको छाल राम्रो हो?

फ्रि ट्रेडका प्रमुख कार्यकारी एडम डोड्स शेयर कारोबारमा सहभागि हुनु हरेकको लागि राम्रो हुने तर्क गर्छन्। ‘स्वस्थ्य खानेकुरा खानु अथवा व्यायाम गर्नु, जस्तै यो पनि एउटा राम्रो बानी हो, डोड्स भन्छन्।

यो उनको व्यवसायको लागि पक्कै पनि राम्रो हो।

सन् २०२० मा फ्रि ट्रेडको रजिष्टर्ड ग्राहक ५० हजारबाट बढेर ३ लाखसम्म पुगेको छ अर्थात ६ गुणा बढेको छ र अहिले ७ लाख पुगेको छ।

त्यसमध्ये करिब ६० प्रतिशतले आफुलाई नयाँ लगानीकर्ता भएको र औषतमा ३१ वर्षको बताएका छन्। अहिले ४ लगानीकर्ताहरुमध्ये १ जना महिला लगानीकर्ताहरु पनि हुन्छन् जसले गर्दा पछिल्लो १ वर्षमा महिला सहभागिता १३ प्रतिशत बढेको छ।

र यो प्रि ट्रेडमा मात्र होइन। अन्य ट्रेडिङ्ग एपहरुमा पनि नयाँ लगानीकर्ताहरुको वृद्धि देखिएको छ। २०२० मा रबिनहुडले ३ मिलियन प्रयोगकर्ता थपेका छन्, जुन ३० प्रतिशत वृद्धि हो र इटोरोमा अर्को ५ मिलियन थपिएका छन् जुन ४० प्रतिशत बढी हो।

ट्रेडिङ्ग एपहरुले फ्राक्सनलाइजेशन–सिंगो शेयरलाई टुक्रा गरी खरिद गर्न मिल्ने, गरेर सहभागिताको बाधालाई कम गरेका छन्।

उदाहरणको लागि, जनवरीमा एलन मस्कको टेस्लाको मूल्य ८८० डलर थियो, यद्यपि अहिले ६८८ डलर छ।

केही लगानीकर्ताहरुका लागि, त्यो एक शेयर खरिद गर्दा लगानीका लागि आफुसँग भएको सबै पैसा प्रयोग हुने हुनसक्छ। त्यसैले, उच्च मूल्यका शेयरहरुको टुक्रा खरिद गर्ने व्यवस्थाले साना लगानीकर्ताहरुलाई अन्य लगानी गर्न र जोखिम विभाजन गर्न सहयोग गर्दछ।

तर, लगानी गर्न भएको यस्तो हतारोले केही व्यक्तिलाई चिन्तित बनाएको छ। डब्लिनको त्रिनीटी कलेजका अर्थशास्त्र अध्यापक कन्स्टेन्टिन गर्जियभ अनलाइन डिस्कसन फोरम र सामाजिक सञ्जालले अनुभव नभएका लगानीकर्ताहरुलाई सबै प्रकारको दबाब सिर्जना गर्ने औल्याएका छन्।

तिनीहरु निकै सजिलै अन्य लगानीकर्ताहरुको हुलमा सामेल हुन र एक ओभरभ्यालुड शेयरमा लगानी गर्न मनाउन सकिन्छ। वा कम लागतको धारणाको लागि आवश्यक भन्दा बढी ट्रेड गर्न प्रोत्साहित गर्न सकिन्छ।

जोखिम व्यवस्थापन र विश्लेषण घटेको छ र मिस हुने डर हावी भएको छ, गर्जियभ भन्छन्।

‘अनुसन्धानले देखाउँछ कि ट्रेडिङ्गमा बढ्दो पहुँच र त्यस्ता प्लेटफर्महरुले दिएको कम लागतको सुविधाले, रिटेल इन्भेष्टरहरुलाई अत्याधिक जोखिम लिने र अत्याधिक ट्रेड गर्नतर्फ ढकेलिरहेको छ।
केही व्यक्तिहरुका लागि ट्रेडिङ्ग एक लत पनि हुन सक्छ।

ट्रेडिङ्गको नयाँ युगमा मिम स्टक अथवा रेडिट स्टकको उदय भएको छ, र यो स्टक सामाजिक सञ्जालमा अत्याधिक आकर्षणको स्टक बनेको छ।

भिडियो गेम खुद्र बिक्रेता, गेमस्टप, यसको सबैभन्दा चर्चित पछिल्लो उदाहरण हुन सक्छ। जनवरीमा, रेडिट फोरम वालस्ट्रीटबेट्सले लगानीकर्ताहरुलाई खरिद गर्न उक्साएपछि यसको मूल्य १७.२५ डलर देखि ४८३ डलर सम्म पुगेको थियो।

‘मिम स्टक, मलाई लाग्छ हामी फेरी यसलाई देख्न सक्छौँ,’ लगानीसम्बन्धी ब्लग बनाउने लिड्सका २३ वर्षिय लुइस हार्डिङ्ग बताउँछन्।

ट्रेडिङ्ग प्लेटफर्ममा साइनइन गरेपछि, ट्रेडिङ्ग शुरु गर्नुभन्दा अघि लगानीकर्ताले केही निःशुल्क ट्रेनिङ्ग लिनुपर्ने उनी बताउछन्।

यस अघि रिटेल इन्भेष्टसको छाल सन् १९९० दशकमा शुरुमा अमेरिकामा देखिएको थियो।

अनलाइन इन्टरनेट ब्रोकर जस्तै, ई एस्ट्रीक ट्रेड र अमेरिट्रेड, हरु कम्प्यूसर्भ र अमेरिका अनलाइनजस्ता सेवाहरुमा देखा परेका थिए।

उनीहरुको कमिशन ५ डलरदेखि ७ डलरको हाराहारीमा थियो, जुन अन्य स्थापित स्टक ब्रोकरहरुले साना लगानीकर्ताहरुलाई लिने भन्दा निकै कम थियो।

अहिलेका धेरै अनलाइन ट्रेडिङ्ग एपहरुले ट्रेडिङ्ग कमिशनलाई लगभग शून्यमा झार्दै धेरै पैसा नभएका नयाँ लगानीकर्ताहरुलाई बाटो खोलेको छ।

तर, एपहरुले कमाइरहेको नाफा अलि नमिल्दो छ। धेरैजसो एपहरु पेमेन्ट फर अर्डर फ्लोमा संलग्न छन्।

अमेरिका आधारित रबिनहुड (नयाँ ट्रेडिङ्ग प्लेटफर्ममा चर्चितमध्येको एक) र अन्यले आफ्नो अर्डर ठूला फर्म जसलाई मार्केट मेकर भनिन्छ, उनीहरुलाई बिक्री गर्दछन्, र त्यसबाट उनीहरुले पैसा पाउँछन्।

यसले गर्दा यस्ता एपहरुले आफ्ना ग्राहकहरुलाई निःशुल्क ट्रेडिङ्ग गर्न अनुमति दिन्छ, यसको अर्थ जति धेरै क्लाइन्टले ट्रेड गर्यो, त्यति नै पैसा मार्केट मेकरहरुबाट ट्रेडिङ्ग एपहरुले पाउँछ।

त्यसैले, आफ्ना लगानीकर्ताहरु सक्रिय भइ कारोबार गर्न लगाउनुमा उनीहरुको ठूलो फाइदा छ जुन उनीहरुको राम्रो रुचीको विषय होइन।

यूके र क्यानडा जस्ता केही मुलुकहरुमा पेमेन्ट फर अर्डर फ्लोलाई अनुमति दिइएको छैन।

अमेरिकाको वित्तीय बजार नियामक, द सेक्यूरिटीज एण्ड एक्सचेञ्ज कमिश्नरले यस अभ्यासको छानबिन भइरहेको बताएका छन्। उसले कुन एपले इमेलमार्फत ओभरट्रेडिङ्ग गर्न उक्साइरहेको छ, त्यसको पनि छानबिन गरिरहेको छ।

त्यसोभए, यूकेमा फ्रिट्रेड एपले कसरी पैसा कमाउँछ जबकी त्यहाँ अर्डर फ्लो बिक्री गर्न पाइदैन?
फ्रिट्रेडले आफ्ना लगानीकर्ताहरुलाई निःशुल्क प्लेटफर्मबाट थप विशेषता भएको प्रिमियम भर्सन बिक्री गरेर पैसा कमाउँछ, डोड्स बताउँछन्।

‘मानिसहरुलाई थाहा हुन्छ उनीहरुले के का लागि पैसा तिरिरहेका छन् भन्ने,’ उनी भन्छन्।

तर, डेमोक्रेटिक इन्भेष्टमेन्ट अर्थात साना लगानीकर्ताहरुका लागि खुला गर्न शून्य ट्रेडिङ्ग कमिशन महत्वपूर्ण छ।

(बीबीसीबाट अनुवादित)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।