नयाँ लगानीकर्ताका लागि स्टक मार्केटः स्टक मार्केटका ३ कथाबाट सिक्नुहोस्

Jul 13, 2021 05:57 PM Merolagani

एलेनोर रुजबेल्ट भन्छन्, ‘अरुको गल्तीबाट सिक्नु। ती सबै गल्ती गर्न जीवन छोटो छ।’

स्टक मार्केटमा सफल हुन निश्चित छोटो फमुर्ला छैन। तपाईले विश्वास गर्नसक्ने पहिलो कुरा भनेको सिक्ने र त्यसलाई आफुले लगानी गर्ने समयमा लागु गर्ने।

शेयर बजारको एक लगानीकर्ताको रुपमा सिक्नका लागि धेरै तरिकाहरु छन् र व्यवहारिक तरिकाहरुमध्ये एक हो, अरु सफल व्यक्तिको कथाबाट सिक्नु।

यहाँ स्टक मार्केटमा प्रख्यात ३ कथाहरु जसले तपाईलाई तपाईको स्टक मार्केट यात्रामा सहयोग गर्न सक्छ, विशेषगरी, यदि तपाई नयाँ लगानीकर्ता हुनुहुन्छ भने।

जेसी लिभरमोरको कथाः ट्रेडिङ्गका एक लेजेण्ड

समयको चक्रलाई पछाडि घुमाउदा, हामी अमेरिकाका जेसी लिभरमोर नामक एक व्यक्तिलाई भेट्छौँ जसको १९०० देखि १९३० सम्मका स्टक मार्केटका दिनहरु उज्याला र चम्किला थिए। उनी इन्भेष्टर मात्र थिएनन्। ट्रेडिङ्गमा पनि उनको त्यत्तिकै रुचि थियो। र दुबै च्यानलबाट उनीले बजारबाट धेरै पैसा कमाए। तर, त्यतिबेला सन् १९२९ आयो र केही अप्रत्यसित घटना लिएर। हो, १९२९ सँगै द ग्रेट डिप्रेशन आयो जसले बजारमा तिव्र गिरावट आयो।

तीन वर्षको अवधिमा, एसएण्डपी ८३.४ प्रतिशत घट्यो र ट्रेडरहरुले सो समयमा व्यहोरेको घाटा यति थियो कि कतिपयले आत्महत्या नै गरे। जब एकातर्फ बजार र ट्रेडरहरु टुटिरहेका थिए, तब जेसी लिभरमोर नितान्त फरक कथा लेख्दै थिए। उनले बजारमा सर्ट पोजिशन लिए जसले बजार घटिरहेको बेला पनि राम्रो नाफा दिइरहेको थियो।

सर्ट सेलिङ्ग त्यस्तो प्रक्रिया हो जहाँ ट्रेडरले धनीबाट शेयर सापटी लिन्छ र त्यसलाई बजार मूल्यमा बिक्री गर्छ यो आशामा कि आगामी दिनमा मूल्य अझ घट्छ। र जब मूल्य घट्छ, ट्रेडरले शेयर खरिद गर्छ र नाफा कमाउँछ।

लिभरमोर यति चलाख थिए कि उनी बजार घट्नुभन्दा अघि त्यसको पूर्वानुमान गर्थे त्यसैले उनले सर्ट पोजिशन लिए। यस लगानी योजनाका कारण, उनले आजको मूल्यमा २०,००० करोड बराबरको नाफा कमाउन सफल भए।

एकातिर, अमेरिकाको बजार मात्र झरिरहेको छैन, अधिकांश जनसंख्यामा गरिबी छाउन थालिसकेको थियो, तर अर्कोतिर जेसी लिभरमोर दुनियाकै धनी मानिस बन्न पुगे।

तर, अचानक उनको व्यवहारमा परिवर्तन आयो र धेरै आत्मविश्वास र लोभले उनलाई आफ्नो क्षमताभन्दा बढी लगानी गर्न उक्सायो।

यति मात्र होइन उनको खर्च मात्र जथाभावी हुन थाल्यो र लगानीका निर्णय पनि अनियोजित। त्यो सन् १९३२ को समय थियो जब उनको ट्रेड र जथाभावी गरिएको लगानीका निर्णयले परिणाम देखायो। उनले बजारमा कयौँ गलत दाउ खेले र नाफाको सट्टा घाटा व्यहोर्न पुगे। निराशपूर्ण कुरा, उनको लोभको कुनै सीमा नै रहेन त्यसैले उनले ट्रेड गर्नका लागि ऋण लिन थाले। चाँडै नै उनको वित्तीय योजनाको असन्तुलन नै बैंकरप्सीको कारण बन्न पुग्यो र सन् १९४० मा उनले आफ्नो जीवनको अन्त्य गरे।

एक समयमा जेसी लिभरमोर निकै धनी बने तर, सम्पत्तीको गलत व्यवस्थापनले उनलाई पतन तर्फ दोर्यायो। उनले जुन गतिमा पैसा कमाएका थिए, त्यहि गतिमा गुमाए।

रोनाल्ड जेम्स रिडको कथा

थोरै पढेका सामान्य मानिस जोसँग ८ मिलियन डलर सम्पत्ती थियो जुन उनी बित्नुअघि ५५ करोड पुगेको थियो। तपाईलाई यो जानेर अचम्म लाग्न सक्छ कि उनले आफ्नो जीवनको २५ वर्ष ग्यास स्टेशनमा काम गरेका थिए र अर्को १७ वर्ष भुई पुगेर बिताए। त्यसोभए उनीसँग कसरी त्यति धेरै सम्पत्ती भयो?

रोनाल्ड जेम्स रिडले आफ्नो जीवनभरमा त्यति धेरै सम्पत्ती जम्मा गर्न सक्नुको सामान्य कारण थियो–अनुशासन र लगानी। उनको सामान्य जागिर र तलबले, उनले केही रकम अनुशासनपूर्वक सेभिङ्गका लागि छुट्याउन थाले। अहिले उनी आफ्नो सबै बचत उचित व्यवस्थापन सहित ब्लु चिप स्टकमा लगानी गरे। ब्लु चिप स्टक त्यस्ता ठूला कम्पनीको स्टक हुन् जसको राम्रो बजार पूँजीकरण छ।

यदि हामीले जेसी लिभरमोर र रोनाल्ड रिड बीचको भिन्नता खोज्यौ भने सबैभन्दा आधारभूत कुरा हुनेछ वित्तीय व्यवस्थापन। एकातर्फ रोनाल्ड जेम्स रिडलाई पैसा कसरी कमाउने भन्ने मात्र थाहा थिएन, उनी आफ्नो सम्पत्तीलाई कसरी व्यवस्थापन गर्ने भन्ने पनि थाहा थियो। अर्कोतर्फ जेसी लिभरमोरले रोनाल्डलेभन्दा धेरै कमाए तर उनले आफ्नो सम्पत्तीलाई व्यवस्थापन गर्न सकेन।
त्यसैले, तपाईले कसरी आफ्नो वित्तलाई व्यवस्थापन गर्नुहुन्छ, त्यसमा निर्भर हुन्छ।

सबैजनाले कमाउन सक्छन् तर सबैले राम्रो व्यवस्थापन गर्न सक्दैनन्। यसले बताउँछ की सफल लगानी जसले पनि गर्न सक्छ। तपाईको जागीर कस्तो छ अथवा धेरै लगानी गर्नुपर्छ भन्ने कुराले खासै महत्व राख्दैन।

स्वास्थ्य र लगानी त्यस्ता दुई कुरा हुन् जुन जसलाई उचित व्यवस्थापन गर्न सक्नुपर्छ र यी दुबैको गलत व्यवस्थापनले तपाईले ठूलो मूल्य चुकाउन पर्नसक्छ। यी दुबैलाई कायम राख्न धैर्यता र अनुशासन चाहिन्छ।

एस इन्भेष्टर र बार्कशेयर हाथवेका सीईओः वारेन बफेट

सन् २०२० को अक्टोबरको तथ्याङ्क अनुसार, एस इन्भेष्टर वारेन बफेटको नेटवर्थ ८० बिलियन डलर छ। बफेटको बारेमा सबैभन्दा अचम्मको कुरा यो हो की उनले मात्र ११ वर्षको उमेरमा लगानी गर्न शुरु गरेका थिए। र ३० वर्षको उमेरसम्ममा उनी मिलिनायर भइसकेका थिए।

उनले यो सबै हासिल गर्न सक्नुको कारण उनको लगानी गर्ने सीप थियो। उनले आफ्नो युवा अवस्थामा नै बलियो वित्तीय आधार तयार पारेका थिए र अरु व्यक्तिहरुले लगानी शुरु गर्ने उमेर, ३०–४० वर्षमा, उनको पहिलो लगानीले उनलाई आफ्नो वित्तमा राम्रो पकड बनाउन मद्दत गर्यो। यी सबै वर्षहरुमा, स्टक मार्केटमा लगानी गर्ने अनुशासनले उनलाई कम्पाउण्डिङ्गको फाइदा लिन मद्दत गर्यो। तथ्याङ्क अनुसार, बफेटले राम्रोसँग लगानी गर्न थालेदेखि वार्षिक १८ प्रतिशत कम्पाउण्डेड प्रतिफल कमाएका छन्।

बफेट पछिल्ला ७० वर्षदेखि लगानी गरिरहेका छन् र अरु लगानीकर्ताभन्दा उनी भन्न हुनुका कारण उनको स्थिरता र धैर्यता हो जसले उनलाई यी सम्पूर्ण वर्षहरुमा अक्षुण्ण राख्यो।

जो व्यक्तिहरु लगानीको क्षेत्रमा छन् उनीहरु वारेन बफेट र चार्ली मंगरको मित्रता र प्रख्यात पार्टनरसीपको बारेमा थाहा हुनुपर्छ। त्यसमध्ये धेरैलाई थाहा नहुनसक्छ कि उनीहरुसँग रिक गुयेरिन नामक तेस्रो पार्टनर पनि थिए जसले उनीहरुसँगै लगानीका निर्णय लिन्थे तर अहिले उनी पार्टनर होइनन्।

समय बितेसँगै रिकले छोटो समयमा पैसा कमाउने इच्छा व्यक्त गरे। त्यसैले उनी ट्रेडतर्फ मोडिए र डेरिभेटिभमा लगानी गर्न थाले। छोटो समयमा धनी बन्ने लोभले समस्या सिर्जना गर्न थाल्यो। एक समयमा, जब रिक डेरिभेटिभमा ट्रेड गरिरहेका थिए, उनले ठूलो घाटा व्यहोर्नु पर्यो। यो नोक्सानी यति ठूलो थियो कि त्यसको क्षतिपूर्ति गर्न उनले बार्कशेयर हाथवेको शेयर बिक्री गर्नु पर्यो।

त्यसैले, यस कथाले हामीलाई लोभले हामीलाई कहीँ पुर्याउँदैन भन्ने कुरा सिकाउँछ। दीर्घकालमा, त्यो स्थिरता र धैर्यता नै हो जसले हामीलाई हाम्रो वित्त मात्र होइन सम्पत्ती सिर्जना गर्न पनि मद्दत गर्न सक्छ।

यी हुन् स्टक मार्केटका तीन कथा जुन हरेक लगानीकर्ताले जान्न र यसबाट सिकिएको पाठलाई कार्यान्वयन गर्न आवश्यक छ। सिक्दै गर्नुहोस् र लगानी गर्दै गर्नुहोस्।

फिनाेभेसन्जबाट अनुवादित

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।