थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ४३को मृत्यु

Jul 16, 2021 04:59 PM merolagani



पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।१४ हजार १८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै शुत्रबार कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ भने कोरोना मुक्त भएर थप १ हजार ७७५ जना घर फर्किएका छन ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।