गत वर्ष कुन बैंकले कति व्यवसाय बढाए ?

Jul 19, 2021 04:04 PM Merolagani



गत आर्थिक वर्षमा एनआइसि एशिया बैंकको निक्षेप र कर्जाको बृद्धिदर सबैभन्दा धेरै देखिएको छ। गत वर्ष व्यवसाय विस्तारमा एनआइसि एशिया बैंक सबैभन्दा आक्रामक देखिएको छ। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याँक अनुसार एनआइसि एशिया बैंकले कर्जा लगानी ९१ प्रतिशतले बढाएको छ भने निक्षेप संकलन ८९ प्रतिशतले बढाएको छ।

त्यसैगरी कर्जा लगानी विस्तारमा नविल बैंक दोस्रो स्थानमा देखिएको छ भने निक्षेप संकलनमा ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा देखिएको छ। गत वर्ष नविल बैंकले कर्जा लगानी ५२ प्रतिशतले बढाएको छ भने ग्लोबल आइएमई बैंकले निक्षेप ५६ प्रतिशतले बढाएको छ।

गत वर्ष बैंकहरुको कर्जा लगानी २७ प्रतिशतभन्दा धेरैले बढेको छ भने निक्षेप संकलन पनि झण्डै २० प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा व्यवसाय विस्तारमा नेपाल एसविआई बैंक सबैभन्दा पछाडि देखिएको छ। गत वर्ष बैंकको कर्जा लगानी ७.२७ प्रतिशतले मात्रै बढेको छ भने निक्षेप संकलन ४ प्रतिशतले घटेको छ।

  • कुन बैंकले कति बढाए निक्षेप र कर्जा? हेर्नुहोस्




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।