गुराँस लाइफको शेयर स्वामित्व परिमार्जन

Jul 19, 2021 04:05 PM Merolagani



गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले शेयर संरचना परिवर्तन गरेको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्व सर्वसाधारणमा परिणत गरेको हो ।

कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १० प्रतिशत अर्थात १९ लाख ७५ हजार ५८४.६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ ।

योसँगै कम्पनीको शेयर स्वामित्व संस्थापक ६० प्रतिशत र सर्वसाधारको ४० प्रतिशत कायम भएको छ ।

यस अघि कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको थियो ।

कम्पनीको छैठौं वार्षिक साधारण सभाले संस्थापकको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित भएको थियो।

तर, बीमा समितिबाट भने संस्थापक समूहको शेयर ७० प्रतिशतबाट ६० प्रतिशतमा झार्न अनुमति दिएको थियो। त्यस अनुसार कम्पनीले शेयर संरचाना परिमार्जन गरेको हो ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।