मंगलबार थपिए ३१०८ जना कोरोना भाइरस संक्रमित, २५ को मृत्यु

Jul 20, 2021 05:14 PM merolagani



पछिल्लो २४ घण्टामा थप ३ हजार १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८३६ जनाको पीसीआर परीक्षणबाट २ हजार २०२ र ४ हजार २९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०६ जना गरी जम्मा ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ५९५ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।