इमानदार छवि भएको व्यक्तिलाई स्वास्थ्यमन्त्री नियुक्त गर्नुहाेस् : नेपाल जनस्वास्थ्य प्रतिष्ठान

Jul 21, 2021 02:26 PM Merolagani



नेपाल जनस्वास्थ्य प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना संक्रमणको तेस्रो लहरको तयारीका लागि १८ बुँदे सुझाव दिएको छ ।

सुझावको पहिलो बुँदामा राजनीतिक वृत्त,नागरिक समाज र स्वास्थ्यकर्मीसहित सबैको सुझाव तथा सल्लाहलाई सम्मान र ग्रहण गर्नसक्ने क्षमता,सत्यनिष्ठा र इमानदार छवि भएको व्यक्तिलाई स्वास्थ्यमन्त्री नियुक्त गर्न आग्रह गरिएको छ । 

के के छ सुझावमा ?

स्वास्थ्य प्रणालीको क्षमतालाई अधिकतम स्तरमा बढाउन जोड दिँदै घर र संस्थागत आइसोलेसन सेवा र समुदाय समर्थित ‘आफ्नो स्वास्थ्यको हेरचाह आफै गर्ने’ क्षमता अभिवृद्धि गर्न पनि जोड दिइएको छ ।

प्रतिष्ठानले आवश्यक औषधि तथा अक्सिजन आपूर्ति, प्रभावकारी परीक्षण सुविधा, शंकास्पद व्यक्तिका लागि क्वारेन्टिन सेन्टर सञ्चालन गर्न जरुरी रहेको पनि औंल्याएको छ । अस्पतालहरुमा बेड, आइसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि सुझाव दिइएको छ ।

यस्तै, सीमानामा रहेका जनताको आवागमनलाई अनुगमन गर्न आधारभूत सुविधासहितको होल्डिङ सेन्टर स्थापना गर्न, सहरका प्रत्येक वडा र गाउँपालिकाहरुमा कोभिडका बिरामीहरूका लागि अक्सिजन बैंक हुनुपर्नेमा पनि प्रतिष्ठानले ध्यानाकर्षण गराएको छ ।

केही निजी र मेडिकल कलेजलाई केही समयका लागि अस्थायी कोभिड विशेष अस्पतालमा परिवर्तन गर्न पनि सुझाइएको छ । कोभिड–१९ महामारीको समयमा मानसिक स्वास्थ्य तथा नसर्ने रोगका बिरामीहरुको सेवा सुनिश्चित गर्न अत्यावश्यक रहेको भन्दै प्रतिष्ठानले कोभिड विशेष अस्पताल बाहेकका सरकारी र निजी अस्पतालहरुले कोभिड बाहेकका बिरामीलाई सेवा उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ ।

स्वास्थ्य सेवाहरुमा अवरोध खडा गर्ने सबैभन्दा ठुलो कारण नै लकडाउन हुने भन्दै प्रतिष्ठानले नेपालमा कोभिड–१९ समक्रमणभन्दा मुटु, फोक्सोको रोग, मस्तिष्कघात र पखालाका कारण बढी मानिसको मृत्यु हुन्छ भन्ने हेक्का राख्न आग्रह गर्दै बन्दाबन्दीमा यिनै कारणहरूबाट मृत्यु हुने सम्भावना बढी रहनेतर्फ ध्यानाकर्षण गराएको छ ।

सुझाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 





अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।