सुनको भाउ लगातार घट्दै

Jul 22, 2021 11:17 AM Merolagani



बिहीबार सुनको भाउ थप घटेकाे छ भने चाँदीको सामान्य बढेको छ। यस दिन सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ८०० र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ३०० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ५०० र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै, बिहीबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा खरिद बिक्री भएको थियो।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।