सुनको भाउ लगातार घट्दै

Jul 22, 2021 11:17 AM Merolagani



बिहीबार सुनको भाउ थप घटेकाे छ भने चाँदीको सामान्य बढेको छ। यस दिन सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ८०० र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ३०० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ५०० र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै, बिहीबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा खरिद बिक्री भएको थियो।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।