आजदेखि अनलाइनबाटै राजस्व भुक्तानी/ब्लुबुक नवीकरण गर्न सकिने, यसरी लिनुहाेस् सेवा

Jul 23, 2021 12:01 PM merolagani

बागमती प्रदेश सरकारले अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । आज अर्थात साउन ८ गतेबाट बागमती प्रदेश भित्र सवारी साधनको ब्लुबुक अनलाइन मार्फत नै रिन्यु गर्न सकिने भएको हो । जसमा सवारी कर,जरिवाना लगाएत सबै प्रकारका भुक्तानी अनलाइन मार्फत नै गर्न सकिने भएको छ ।


यो सेवाको सुरुवात आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका छन् । यो सेवा भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट र नागरिक एपबाट उपलब्ध हुने बताइएको छ ।

अनलाइन नविकरण तथा भुक्तानी सेवाकाे लागि बागमती प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) तयार गरेको छ । सो प्रणालीमा गएपछि सवारी धनी लगइन पोर्टल देखिन्छ । त्यसको तलपटि नयाँ दर्ता लेखिएको ठाउँमा क्लिक गर्नुपर्ने हुन्छ ।

अब बागमती प्रदेश भित्रका यातायात सेवा सुविधा अनलाइन मार्फत नै उपलब्ध हुने छन् ।

खासगरी यो अनलाइन सेवामा ब्लुबुक तथा लाइसेन्स नवीकरण, जरिवाना तथा बाँकी राजस्वको विवरण समेत आफैले हेर्न मिल्ने गरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी सहित भुक्तानी समेत गर्न सकिने भएको छ ।

हाल नागरिक एपमा सवारी कर नामक नयाँ फिचर सार्वजनिक भइसकेको छ । जसमा आफ्नो सवारीबारेमा सबै जानकारी पाउँन सकिन्छ ।  यो अनलाइन सेवा बागमती प्रदेश अन्तर्गतका ६ ओटा यातायात कार्यालयमार्फत उपलब्ध हुने छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।