Wed, Sep 02, 2026
पछिल्लो २४ घण्टामा २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८३४ नमुना परीक्षण मध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २ हजार ५० जना निको भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ । तीमध्ये ९ हजार ७१३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २ हजार ५० जना निको भएका छन् ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ । तीमध्ये ९ हजार ७१३ जनाको मृत्यु भएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।