सामाजिक सुरक्षा कोष विरुद्ध परेको रिटमा न्यायाधीशहरुबीच राय बाझियो, पूर्ण इजलासमा फैसला हुने

Jul 25, 2021 05:50 PM Merolagani

सामाजिक सुरक्षा कोषविरुद्ध परेको रिटमा न्यायाधीशहरुबीच राय बाझिएको छ । आइतबार भएको सुनुवाईमा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठबीच राय बाझिएको हो ।

न्यायाधीश केसीले अन्तरिम आदेश जारी गर्ने पक्षमा र श्रेष्ठले विपक्षमा आदेश जारी गरेका छन् । सामाजिक सुरक्षा कोषविरुद्ध परेको रिटमा न्यायाधीशहरुबीच नै राय बाझिए पछि  उक्त रिटको सुनुवाई पूर्ण इजलासमा हुने भएको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले कोषको ऐनमा भएका व्यवस्थाहरु अमान्य भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

कोषमा सूचीकृत हुँदा हाल खाइपाइ आइरहेको सेवा सुविधा समेत कटौती हुने भन्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले गत जेठ २२ गते रिट दायर गरेका थिए ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।