सामाजिक सुरक्षा कोष विरुद्ध परेको रिटमा न्यायाधीशहरुबीच राय बाझियो, पूर्ण इजलासमा फैसला हुने

Jul 25, 2021 05:50 PM Merolagani



सामाजिक सुरक्षा कोषविरुद्ध परेको रिटमा न्यायाधीशहरुबीच राय बाझिएको छ । आइतबार भएको सुनुवाईमा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठबीच राय बाझिएको हो ।

न्यायाधीश केसीले अन्तरिम आदेश जारी गर्ने पक्षमा र श्रेष्ठले विपक्षमा आदेश जारी गरेका छन् । सामाजिक सुरक्षा कोषविरुद्ध परेको रिटमा न्यायाधीशहरुबीच नै राय बाझिए पछि  उक्त रिटको सुनुवाई पूर्ण इजलासमा हुने भएको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले कोषको ऐनमा भएका व्यवस्थाहरु अमान्य भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

कोषमा सूचीकृत हुँदा हाल खाइपाइ आइरहेको सेवा सुविधा समेत कटौती हुने भन्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले गत जेठ २२ गते रिट दायर गरेका थिए ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।