काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थपियाे, स्वास्थ्य मापदण्ड पुरा गरेर परीक्षा सञ्चालन गर्न पाउने

Jul 25, 2021 06:42 PM Merolagani



काठमाडौं उपत्यकामा पुनः १० दिन निषेधाज्ञा थप भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिएको हो ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस अघिका प्राय सबै निर्णयहरुलाई निरन्तरता दिँदै निषेधाज्ञा थप गरेको हो । त्यस अनुसार उपत्यकामा अझै सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, रंगशाला सञ्चालनमा गर्न पाउनेछैन । यस्तै शैक्षिक संस्था पनि बन्द नै रहनेछन् ।

विभिन्न निकायबाट सञ्चालन हुने परीक्षाहरु भने स्वास्थ्य  मापदण्ड पुरा गरेर सञ्चालन गर्न पाउनेछन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।