सूचीकृत संस्थाहरुलाई वर्गिकरणको लागि आवश्यक विवरण बुझाउन नेप्सेको निर्देशन

Jul 26, 2021 11:42 AM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको वर्गिकरणको लागि आवश्यक विवरण उपलब्ध गराउने निर्देशन दिएको छ।

नेप्सेले कम्पनीको विवरण साउन १७ गते आइतबार कार्यालय समय भित्र listing@nepalstock.com इमेल मार्फत पठाउन आग्रह गरेको हो।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरुको प्रत्येक त्रैमासिक अवधिमा वर्गिकरण गर्नुपर्ने भएकोले चौथो त्रैमासिक वर्गिकरणको लागि माग गरेको नेप्सेले जनाएको छ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।