उधारो बीमा गर्नेलाई कारवाही गर्ने बीमा समितिको चेतावनी

Jul 26, 2021 12:11 PM Merolagani



बीमा समितिले उधारो बीमा गर्ने/ गराउनेलाई कारवाही गर्ने चेतावनी दिएको छ । समितिले सोमबार सूचना जारी गर्दे बीमा ऐन विपरित उधारो बीमा गर्ने वा गराउनेहरुलाई कानुन बमोजिक कारवाही गर्ने जनाएको हो ।

समितिले बीमा ऐन २०४९ को दफा २७ विपरित उधारो बीमा गर्ने वा बीमाशुल्क वापतको रकम बीमकको बैंक खातामा प्राप्त नभइकन बीमालेख जारी गर्ने कार्य नगर्न/ नगराउन बीमा कम्पनीहरुलाई निर्देशन समेत दिएको छ ।

बीमा समितिको निर्देशन विपरित बीमा गर्ने/गराउने कार्य भए गरेको पाइएमा कानुन बमोजिम कारवाही गर्ने समितिले जनाएको छ ।

बीमा ऐन २०४९ को दफा २७ मा 'कुनै पनि बीमकले कुनै पनि किसिमको बीमा व्यवसाय गर्दा लिइने बीमा वापतको शुल्क रकम प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्नु हुदैन । बीमकले जोखिम ग्रहण गरे वापत बीमाशुल्क रकम प्राप्त गरेपछि मात्रै बीमा गरेको मानिने छ' भन्ने व्यवस्था उल्लेख छ ।

त्यस अनुसार समितिले बीमाशुल्क रकम सम्बन्धित बीमा कम्पनीको बैंक खातामा आएपछि मात्रै बीमालेख जारी गर्न निर्देशन दिएको हो ।

 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।