फाइभजी परीक्षण अनुमतिको लागि टेलिकमले पुरा गर्नुपर्ने प्रक्रिया र मापदण्ड तयार, के छ कार्यविधिमा ?

Jul 27, 2021 01:43 PM merolagani



नेपालमा फाइभजी परीक्षण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले आवश्यक प्रक्रिया र मापदण्ड तयार पारेको छ । सोमबार बसेको प्राधिकरणको बोर्ड बैठकले नेपाल टेलिकम मार्फत हुने फाइबजी परीक्षणको लागि नियामनकारीलाई बुझाउनुपर्ने सबै प्रक्रिया र कागजपत्रबारे निर्णय गरेको हो ।

नियामकले फाइभजीको लागि सबै प्रक्रिया स्पष्ट पारेसँगै नेपाल टेलिकमलाई पाचौं पुस्ताको प्रविधि भित्र्याउन र सञ्चालन गर्न बाटो खुलेको छ ।

प्राधिकरणले तयार पारेको उक्त ‘फाइभजी संचालनको लागि कार्यविधि’ ले परिक्षणको लागि निवेदन गर्नुपर्ने बिषय,नेटवर्क निर्माण,परीक्षण अवधि, शेवा शुल्क र फ्रिक्वेन्सी दस्तुर, उपकरणको व्यवस्थापन तथा विवरण लगाएतको प्रक्रिया तोकेको छ ।

जसमा फाइबजी परिक्षण गर्दा ग्रामिण भेग र शहर दुबै क्षेत्रलाई समेट्नुपर्ने उल्लेख छ । त्यस्तै परीक्षण अवधि, निशुल्क परिक्षण हुने समेत निर्णय भएको छ ।

हाल दूरसञ्चार प्राधिकरणका निर्देशक अम्बर स्थापितको संयोजकत्वमा गठित कमिटीले फाइभजी सेवाको लागि आवश्यक पर्ने कागजात तथा प्रकृयालाई स्पष्ट पारेको र सोही अनुसार परिक्षण अनुमतिको प्रक्रियापनि अघि बढ्ने जनाइएको छ ।

प्राधिकरणका निर्देशक स्थापितका अनुसार कार्यविधिमा उल्लेख भएका सबै प्रक्रिया पुरा भएलगतै टेलिकमले फाइबजी परिक्षणको लागी अनुमति पाउने छ ।

‘हामीले टेलिकमलाई आवश्यक सबै प्रक्रिया र मापदण्डबारे जानकारी गर्ने गरी कार्यविधि तयार गरेका छौं सोहि कार्यक्षेत्रमा रहेर टेलिकमले काम अघि बढाउने छ’ ।

टेलिकमले यस अघि नै फाइभजी परीक्षणको लागि अनुमति मागि सकेको र ७०० वा ८०० मेगाहर्ज ब्याण्ड तथा २६०० मेगाहर्ज ब्याण्डमा फाइभजी परीक्षण गर्न खोजेको छ ।

प्राधिकरणको कार्यविधि अनुरुप नै प्रक्रिया अघि बढेको खण्डमा तोकिएको समय भन्दा पहिले नेपालका विभिन्न स्थानमा फाइबजी परिक्षण गर्न सकिने प्राधिरकणले जनाएको छ ।

प्राधिकरणका अनुसार सन २०२२ भित्रै नेपालका फाइभजी परिक्षण र २०२५ सम्म देशभर फाइबजी सेवा जनतालाई उपलब्ध गराइसक्ने बताइएको छ ।

टेलिकमले पुरा गर्नुपर्ने प्रक्रिया र मापदण्ड हेर्नका लागी यहाँ क्लिक गर्नुहोस ।





अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।