शेयर बजार बढेको बेला पत्याउनै नसक्ने कम्पनीले पनि शेयर जारी गर्न तम्सिएर ‘छक्क’ पार्दै

Jul 29, 2021 05:52 PM Merolagani



शेयर बजारको बृद्धिसँगै सर्वसाधारण नागरिकलाई शेयर जारी गर्न तम्सिने कम्पनी पनि बढ्न थालेका छन् । नेप्सेले दैनिक रुपमा नयाँ इतिहास रच्दै उच्च विन्दुमा पुगेपछि सर्वसाधारणलाई शेयर जारी गर्ने कम्पनी पनि बढी देखिन थालेका हुन् ।

करिव डेढ वर्षअघि १,२०० अंकको नजिक रहेको नेप्से ३,१०० नजिक पुग्न लागेपछि सर्वसाधारणलाई शेयर जारी गर्न नयाँ नयाँ कम्पनीहरु इच्छुक देखिएका छन् । पछिल्लो समय सर्वसाधारणलाई शेयर जारी गर्न प्राइभेट कम्पनीलाई धमाधम पब्लिक कम्पनीमा रुपान्त्रण गर्ने क्रम पनि बढ्दै गएको छ ।

पहिला बैंक, वित्त, बीमा, हाइड्रोपावर कम्पनीले मात्र नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचीकृत भएर सर्वसाधारणलाई शेयर जारी गर्थे । तर, अहिले सेवामूलक उद्योगहरु पनि पब्लिक कम्पनीमा रुपान्त्रण भएर सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी गर्न थालेका छन् ।

पहिलो पटक सेवा मुलक क्षेत्र अस्पतालले पनि सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी गरेका छन् । यसै क्रममा नर्भिक इन्टरनेशनल अस्पताल पनि प्रालीबाट पब्लिकमा रुपान्त्रण भएर अर्को वर्षसम्म शेयर जारी गर्ने तयारीमा रहेको छ ।

अर्को आर्थिक वर्षमा पब्लिकलाई शेयर बितरण गर्ने तयारी गरिहेको नर्भिक इन्टनेशनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए । ‘चालु आर्थिक वर्ष आइपीओ जारी गर्न सम्भव हुँदैन होला,’ उनले भने, ‘अर्को आर्थिक वर्षसम्म आइपिओ निष्कासन गरिसक्छौं ।’

नर्भिक अस्पतालले सर्वसाधारणका लागि शेयर जारी गर्नकै लागि प्राइभेट कम्पीलाई पब्लिकमा रुपान्त्रण गरेको हो । ‘भरखरै पब्लिकमा गयौं,’ मिश्रले भने, ‘शेयर जारी गर्न ओर्क आउट गर्दै छौं ।’ त्यसका लागि पनि केही समय लाग्ने जानकारी उनले दिए ।

अहिले नर्भिक अस्पतालले कति प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्ने भनेर निणर्य गरिसकेको छैन् । हिसाब किताब भने गरिरहेको मिश्रले बताए । ‘नर्भिकले कति शेयर सर्वसाधारणमा लैजाने भन्ने बिषयमा क्यालकुलेट गर्दै छ,’ उनले भने, ‘हिसाब किताव गरेर डिक्लियर गछौं ।’

नर्भिक अस्पतालको सञ्चालक समितिले सर्वसाधारणमा कति लैजाने भन्ने निणर्य गर्ने छ । त्यसपछि मात्र सर्वसाधारणलाई कति शेयर दिने भन्ने निणर्य सार्वजनिक गर्ने तयारीमा अस्पताल पुगेको छ ।

नर्भिक सुविधा सम्पन्न अस्पताल हो । कसै कसैले त यसलाई ‘फाइभ स्टर’ होटलसँग तुलना गर्ने गरेका छन् । उच्च तहका राजनीतिक नेतादेखि पूर्व राजा तथा रानीहरुको पनि यही अस्पतालमा उपचार हुने गर्छ । तर, सर्वसाधारणले भने महंगो शुल्क भएका कारण उक्त अस्पतालमा उपचार गराउन सक्ने हैसियत राख्दैनन् ।

अस्पताल मात्रै होइन सञ्चार गृह, सेवा मूलक क्षेत्र जस्तै खानेपानी, विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनीहरु लगायतले पनि सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी गरिरहेका छन् ।

२० प्रतशित शेयर जारी गर्न विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनीहरु धमाधम पब्लिक कम्पनीमा रुपान्तरण हुन थालेका छन् ।

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी गर्ने कम्पनीहरु पनि पब्लिक कम्पनीमा गएर सर्वसाधारणमा प्राथमिक शेयर जारी गर्नुपर्ने नियम ल्याएसँगै पब्लिक कम्पनीको रुपमा रुपान्त्रण हुन थालेका हुन् ।

राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई आईपीओ जारी गर्न प्राइभेट कम्पनीलाई पब्लिक कम्पनीमा जाने भनेको छ । त्यही अनुसार प्राइभेट कम्पनीहरु धमाधम पब्लिक कम्पनीमा रुपान्त्रण हुन थालेका हुन् ।

आइएमई ग्रुप अर्थात चन्द्र ढकाल समूहको विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी आइएमइ डजिटिल सोलुसन प्राइभेट कम्पनीलाई पब्लिकमा रुपान्तरण गरेको छ । आइएमइ पे विद्युतीय भुक्तानी सेवा प्रदायकको २० प्रतशित शेयर सर्वसाधारणलाई जारी गर्ने तयारी गरिरहेको छ ।

नेपाल राष्ट्र बैंकले केही महिनाअघि भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७७ मार्फत ती कम्पनीहरुले तीन वर्षमा २० प्रतिशत सर्वसाधारण शेयर जारी गर्नुपर्ने प्रावधान ल्याएको थियो ।

अहिलेसम्म विद्युतीय भुक्तानीसम्बन्धी करिव ४ दर्जन कम्पनीले अनुमतिपत्र लिइसकेको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकले ल्याएको विनियमावलीमा पब्लिक लिमिटेड कम्पनी छ भने ३ वर्षमा आईपीओ जारी गर्नुपर्ने प्रावधान छ । पब्लिक कम्पनी ३ वर्षमा नाफामा गएको हुनुपर्छ । अनि मात्र आईपीओ जारी गर्न पाउने व्यवस्था छ ।

तर, पब्लिक कम्पनीमा गएर आईपीओ जारी गर्ने काम भने सजिलो नभएको व्यवसायीको भनाइ छ ।
आईपीओमा जानका लागि नाफामा जानुपर्नेलगायतका बिषय अनिवार्य गरिएको छ ।

पछिल्लो समय २० औं वर्षदेखि उच्च नाफामा रहेका कम्पनीहरुको शेयर मूल्य पनि त्यति अनुसार बढी हुने छ । त्यस्ता कम्पनीले थप शेयर सार्वजनिक निष्कासन (एफपीओ) पाउने व्यवस्था गरिएको छ ।

सर्वसाधारणलाई शेयर बिक्री गरेर पुँजी संकलन गर्न सहज हुने भएकाले पनि सर्वसाधारणलाई शेयर जारी गर्न कम्पनीहरु इच्छुक देखिएका हुन् ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।