Thu, Mar 12, 2026
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नीतिगत सल्लाहकार संस्था आयोगको उपाध्यक्षमा प्राज्ञिक क्षेत्रमा कार्यरत युवा अर्थशास्त्री डा. पौडेललाई ल्याएका हुन् ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निणर्य गरेको हो । यसैगरी, डा. रामकुमार फुयाल र डा. दिलबहादुर गुरुङलाई पनि आयोग सदस्यमा नियुक्त गरिएको छ ।
नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।