‘आयश्रोतको आधारमा बीमा गर्ने वातावरण बनाउदै छौं’ अध्यक्ष सिलवाल

Jul 28, 2021 03:23 PM Merolagani



बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आयश्रोतको आधारमा बीमा गर्ने वातावरण बनाउने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले न्यून आय भएकाहरुलाई बीमाको दायरामा ल्याउने बताएका हुन् ।

बीमाको शिक्षा तल्लो तहसम्म पुर्याउनु पर्ने अवस्था रहेको औल्याउँदै उनले स्थानिय तहसँग सहकार्य गर्न लागिएको जानकारी गराए । ‘पालिका स्तरसम्म गएर बीमा शिक्षा नदिएसम्म दायरा विस्तार हुदैन्,’ उनले भने ।

‘चालु आर्थिक वर्ष भित्र हामीले १०० स्थानिय तहसँग सहकार्य गरी अन्तरकृया गर्दैछौं । जसले गर्दा  न्यून आय भएकाहरुलाई पनि बीमाको दायरामा समेट्न सकिनेछ,’ उनले भने । आम्दानीको आधारमा दैनिक दुई रुपैयाँ बीमाशुल्क भुक्तानी गरेर पनि बीमा गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए ।

यस्तै बीमा पाेलिसी सरेन्डर गर्ने काम भइरहेकाे जानकारी गराउदै त्यस्तो काम रोक्ने प्रयास भैरहेकाे पनि उनले  जानकारी गराए ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।