‘आयश्रोतको आधारमा बीमा गर्ने वातावरण बनाउदै छौं’ अध्यक्ष सिलवाल

Jul 28, 2021 03:23 PM Merolagani



बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आयश्रोतको आधारमा बीमा गर्ने वातावरण बनाउने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले न्यून आय भएकाहरुलाई बीमाको दायरामा ल्याउने बताएका हुन् ।

बीमाको शिक्षा तल्लो तहसम्म पुर्याउनु पर्ने अवस्था रहेको औल्याउँदै उनले स्थानिय तहसँग सहकार्य गर्न लागिएको जानकारी गराए । ‘पालिका स्तरसम्म गएर बीमा शिक्षा नदिएसम्म दायरा विस्तार हुदैन्,’ उनले भने ।

‘चालु आर्थिक वर्ष भित्र हामीले १०० स्थानिय तहसँग सहकार्य गरी अन्तरकृया गर्दैछौं । जसले गर्दा  न्यून आय भएकाहरुलाई पनि बीमाको दायरामा समेट्न सकिनेछ,’ उनले भने । आम्दानीको आधारमा दैनिक दुई रुपैयाँ बीमाशुल्क भुक्तानी गरेर पनि बीमा गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए ।

यस्तै बीमा पाेलिसी सरेन्डर गर्ने काम भइरहेकाे जानकारी गराउदै त्यस्तो काम रोक्ने प्रयास भैरहेकाे पनि उनले  जानकारी गराए ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।