पछिल्लो २४ घण्टामा थपिए ३३६५ जना कोरोना संक्रमित, १६ जनाको मृत्यु

Jul 29, 2021 04:33 PM merolagani



पछिल्लो २४ घण्टामा देशभर थप ३३६५ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार १४ हजार २४२ जनाको परिक्षण  गरिएकोमा पिसिआर विधिबाट २३३५ र एन्टिजेन विधिबाट १०३० गरी ३ हजार ३ सय ६५ जना कोरोना संक्रमित भेटिएका हुन् ।

त्यस्तै बिहिबार १३ सय ७३ जना कोरोना भाइरस मुक्त भएर घर फर्किएका छन भने सोहि समयमा १६ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा पिसिआरबाट गरिएको परिक्षणमा ६ लाख ९० हजार ६४२ र एन्टिजेनबाट ५९३८० जना संक्रमित पुष्टि भइसकेको छ ।

त्यस्तै देशभर कोरोना भाइरसबाट ९ हजार ८०७ जनाको मृत्यु भएको तथ्याङकले देखाएको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।