ग्रामीण विकास लघुवित्तको साधारण सभा आव्हान

Jul 30, 2021 09:31 AM Merolagani

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (GBLBS) ले भदौ ५ गते, शनिबार आफ्नो प्रधान कार्यालयमा छैठौँ वार्षिक साधारण सभा डाकेको छ।

साउन ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दिन साधारण सभा बोलाउने निर्णय गरेको हो। सो सभा भर्चुअल माध्यमबाट सञ्चालन हुन् लघुवित्तले जनाएको छ।

सभाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै संस्थापक समूह अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी, संस्था र शेयर सदस्यहरुबाट प्रतिनिधित्व हुने गरी आपसी समझदारीबाट मनोनित वा निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने, सर्वसाधारण समूह अन्तर्गत शेयरधनीहरु मध्येबाट निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले साउन २५ गतेदेखि भदौ ५ गतेसम्म शेयरधनी दर्ता किताब (बुकक्लोज) गर्ने भएको छ। यस अनुसार साउन २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।