एनसीएचएल मार्फत नगद रहित भुक्तानी कारोबारको रकम कुल ग्राह्यस्थ उत्पादनको तीन गुणा बढी

Jul 30, 2021 05:47 PM merolagani



एनसीएचएलका विभिन्न प्रणालीहरु मार्फत आर्थिक बर्ष २०७७÷७८ मा फर्छ्यौट गरिएको नगद रहित भुक्तानी कारोबार नेपालको कुल ग्राह्यस्थ उत्पादन भन्दा तीन गुणाले बढी रहेको छ ।

एनसीएचएलले कनेक्ट आईपिएसलगायत विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तीय संस्था, सदस्य भुक्तानी सेवा प्रदायक, नेपाल सरकारलगायत अन्य विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने च्यानलहरु संचालन गर्दै आएको छ ।

गत आव २०७७÷७८ मा एनसीएचएलले कुल ४ करोड ४७ लाख भन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट गरेको छ, जुन अघिल्लो आवको तुलनामा ११७ प्रतिशतले बढी रहेको छ ।

त्यसैगरी रकमको आधारमा १३ खर्ब, जिडिपीमा २७.२ करोड बराबरको रकम आफ्ना विभिन्न भुक्तानी प्रणालीहरु मार्फत फर्छ्यौट गरेको हो । उक्त आवमा चेकको कारोबार २१ प्रतिशतले, आईपिएसमा ९४ प्रतिशतले र कनेक्ट आइपिएसमा ५६६ प्रतिशतले कारोबार बृद्धी भएको छ ।

यसरी तथ्याङ्क हेर्दा चेकबाट हुने कारोबारको बृद्धी स्थिर हुँदै गइरहेको छ भने डिजिटल भुक्तानी प्रणालीहरुको उपायोग भने उल्लेख्य रुपमा बृद्धी हुँदै गएको छ ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको विद्युतिय भुक्तानी बृद्धी गरी डिजिटल अर्थतन्त्र निर्माण गर्ने नीतिगत प्रयास तथा कोभिड–१९ समेतको कारणले सृजना भएको परिस्थितीले डिजिटल भुक्तानीको स्वीकार्यता तथा प्रयोगमा महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ ।

साथै आगामी वर्षमा एनसीएचएलद्वारा कार्यान्वयन गरिने नेशनल पेमेन्ट स्विच मार्फत पनि यसरी बढ्दो डिजिटल भुक्तानीको प्रयोगलाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।