मंगलबार पनि मनकामना स्मार्ट लघुवित्त शेयर कारोबार भएन

Aug 03, 2021 10:57 AM Merolagani

साउन १९ गते, मंगलबारको स्पेशल प्रि ओपन सेसनमा पनि मनकामना स्मार्ट लघुवित्त (MKLB) को शेयर कारोबार हुन सकेन। यस दिनपनि कारोबार म्याच नभएपछि सो सेसनमा कारोबार नभएको हो।

स्पेशल प्रि ओपन सेसनमा कारोबार नभएपछि लघुवित्तको शेयर रेगुलर सेसनमा पनि कारोबार हुनेछैन। त्यस अनुसार अब लघुवित्तको शेयर बुधबार पुनः स्पेशल प्रि ओपन सेसन कारोबार खुल्नेछ। सो सेसनमा कारोबार भएमा मात्रै लघुवित्तको शेयर नियमित सेसनमा कारोबार हुनेछ।

नेप्सेले पहिलो कारोबारको लागि लघुवित्तको शेयरलाई प्रति कित्ता न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि ३३२ रुपैयाँ ५२ पैसाको रेञ्ज प्रदान गरेको छ। त्यसको आधारमा पहिलो कारोबार खुल्नेछ।

आइतबार लघुवित्तको १२ लाख ११ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।