आत्मनिर्भर लघुवित्तले १ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने

Aug 03, 2021 05:29 PM Merolagani



आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ८० हजार कित्ता आइपीओ बिक्रीमा ल्याउने भएको छ।

घोराही, दाङमा रजिष्ट्रार कार्यालय भएको कम्पनीले साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले आइपीओ जारी गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेपनि हालसम्म नेपाल धितोपत्र बोर्डसँग अनुमति भने मागेको छैन। बोर्डबाट अनुमति पाएपछि मात्रै उक्त कम्पनीको आइपीओ बिक्रीमा आउनेछ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।