आत्मनिर्भर लघुवित्तले १ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने

Aug 03, 2021 05:29 PM Merolagani



आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ८० हजार कित्ता आइपीओ बिक्रीमा ल्याउने भएको छ।

घोराही, दाङमा रजिष्ट्रार कार्यालय भएको कम्पनीले साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले आइपीओ जारी गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेपनि हालसम्म नेपाल धितोपत्र बोर्डसँग अनुमति भने मागेको छैन। बोर्डबाट अनुमति पाएपछि मात्रै उक्त कम्पनीको आइपीओ बिक्रीमा आउनेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।