पछिल्लो २४ घण्टामा थपिए ३३८३ जनामा कोरोना संक्रमित, २४ जनाको मृत्यु

Aug 03, 2021 06:01 PM merolagani



नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६३८ जनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा  हाल  सम्म ३२ हजार ५९  जना सक्रि य  संक्रमित रहेका छन । 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।