सानिमा लाइफ इन्स्योरेन्सको आइपीओमा पहिलो दिनमा नै ७ लाख भन्दा बढी आवेदन

Aug 04, 2021 05:19 PM Merolagani



सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको आइपीओमा पहिलो दिन नै ७ लाख भन्दा धेरै आवेदकले आवेदन दिएका छन्।

बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार बुधबार बेलुका पाँच बजेसम्ममा कम्पनीको आइपीओमा ७ लाख १२ हजार ४८१ जना आवेदकबाट १ करोड १७ लाख ५८ हजार २०  कित्ता शेयर खरिदको लागि आवेदन परेको हो।

कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता नै सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ।

कम्पनीको आइपीओमा साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब करोड रुपैयाँ पुग्नेछ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।