एनएलजी इन्स्योरेन्सको लाभांश पारित

Aug 05, 2021 03:39 PM Merolagani

एनएलजी इन्स्योरेन्स कम्पनी (NLG) को बिहीबार सम्पन्न १५ औँ वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ ।

भर्चुअल माध्यमबाट सम्पन्न भएको सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने १० करोड ९६ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने करको लागि ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार रुपैयाँ नगद लाभांश पारित गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५०० रुपैयाँ छ । शेयरधनीलाई बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ पुग्नेछ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन छलफल गरी पारित गर्ने, वासलात र अन्य वित्तीय विवरण छलफल लगायतका प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा ६४ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरी २६ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।