लगानीकाे नयाँ तरिका सिकाउने 'रिच ड्याड्स गाइड टु इन्भेष्टिङ्ग' काे पुस्तक सारंश

Aug 25, 2021 06:16 PM Merolagani

हरेक साता लगानी र अर्थ सम्बन्धि पुस्तककाे सारंश प्रस्तुत गर्ने क्रममा गत सातादेखि हामीले राेबर्ट किओसाकीद्वारा लिखित पुस्तक 'रिच ड्याड्स गाइड टु इन्भेष्टिङ्ग' काे सारंश प्रस्तुत गर्दै आएका छाैँ। यस साता साे पुस्तककाे सारंशकाे दाेस्राे भाग प्रस्तुत गर्दैछाैँ।

धनी बन्ने दिशामा पहिलो कदम धनीको मानसिकता अपनाउनु हो।

‘शिक्षित हुनु, मेहेनत गर्नु, पैसा बचाउनु। त्यसपछि सबै सही हुन्छ।’ सुन्नु भएको छ? यस वाक्यले मध्यम वर्गियको वित्तीय सुरक्षाप्रतिको अवधारणालाई प्रष्ट्याउँछ र त्यति मात्र होइन, तपाईको अभिभावकले तपाईलाई त्यस्तै केही सिकाउनु भएको होला।

तर यहाँ अर्को कुरा पनि छः सो सुझावले तपाईलाई कहिले पनि धनी बनाउन सक्दैन। र तपाई ९० प्रतिशत भित्र पर्नुहुन्छ जोसँग केबल १० प्रतिशत सम्पत्ती छ।

त्यसो भए धनी अवधारणाले कसरी वित्तीय मुनाफा दिन्छ त? उनीहरु रिटायरमेन्टसम्म एउटै मात्र काम गर्दैनन्, त्यसको सट्टा, उनीहरु व्यवसाय खरिद गर्छन् र लगानी गर्छन्।

किन त्यस्तो? नयाँहरुका लागि यूएस कर प्रणाली तय गरिएको छ किनभने कर्मचारीहरुसँग लगानीका लागि कम पैसा हुन्छ।

उदाहरणको लागि, मानौँ तपाई आफ्नो तलबबाट १००० डलर बचाउन चाहनुहुन्छ। त्यसको लागि पहिला तपाईले कर तिर्नु पर्ने हुन्छ, त्यसैले त्यो १००० डलर बचाउनको लागि तपाईले मानौँ १३०० डलर कमाउनु पर्ने हुन्छ। मुद्रास्फितिले हरेक वर्ष तपाईको बचत घटाउँछ र तपाईले आफुले कमाएको पैसामा कर तिर्नुपर्ने हुन्छ। सुन्दा यो कुनै रिसिपी जस्तो लागेन?

अर्कोतर्फ, व्यवसाय धनीहरुसँग लगानीका लागि धेरै पैसा हुन्छ किनभने त्यो उनीहरुको करभन्दा अघिको पैसाबाट आउँछ। कर्मचारीहरुले करपछिको आम्दानीबाट बचाउनु पर्छ भने व्यवसाय धनीहरु पहिला सम्पत्ती खरिद गर्छन् र पछि कर तिर्छन्।

त्यसैगरी, कर्मचारीहरुसँग पैसा आर्जन हुने सम्पत्तीमा लगानी गर्नका लागि कम पैसा हुन्छ। यो निष्पक्ष सुनिदैन, तर यो काम गर्ने प्रणाली हो, जसले कर्मचारीलाई धनी बन्न गाह्रो बनाउँछ किनभने उनीहरु सरकारलाई नै धेरै पैसा बुझाउछ।

र धनीहरुका लागि व्यवसाय स्वामित्व र लगानी किन राम्रो भन्ने अर्को कारण छः लगानीकर्ताहरुले प्रायः कर्मचारीहरुभन्दा कम जोखिमको सामना गर्नुपर्दछ।

धेरै जसो मानिसहरु सुरक्षाका लागि जागिर, बचत र पेन्सनमा निर्भर हुन्छन्। तर, जीवनका लागि स्थिर जागिरको अवधारणा अहिलेको जागिर मार्केटमा लागु हुँदैन। कर्मचारहरु जुनसुकै समयमा पनि फायर गरिन सक्छन्। धेरै कर्मचारीहरुलाई निकालेपछि कम्पनीको शेयर मूल्य के हुन्छ? अक्सर, त्यो माथि जान्छ। त्यसैले टेबलको लगानीकर्ता साइडमा रहनु कर्मचारीको साइडमा रहनुभन्दा कम जोखिमपूर्ण छ।

वित्तीय साक्षरताले धनी बन्ने ताला खोल्छ।

के तपाई सम्पत्ती र दायित्व बीच फरक छुट्याउन सक्नुहुन्छ। अथवा कम्पनीको प्राइस टु इक्विटी र डेब्ट टु इक्विटी रेशियोहरु गणना गर्न सक्नुहुन्छ?

धेरै मानिसहरु लगानी गर्न हिच्किचाउँछन् किनभने त्यसको शब्दावलीहरु विदेशी भाषा जस्तै सुनिन्छन्। यदि तपाई त्यो १० प्रतिशतभित्र पर्न चाहनुहुन्छ भने, अब वित्तीय शिक्षामा लगानी गर्ने समय आएको छ।

सर्वप्रथम सम्पत्ती र दायित्व बीचको भिन्नता बुझ्नु महत्वपूर्ण छ। धनी व्यक्तिहरु यी दुईमा कहिल्यै अलमलिदैनन् तर अरुहरु सँधै अलमलिने गर्छन्। र त्यही एउटा कारण हो जसले धनी व्यक्तिहरुलाई वित्तीय निर्णय लिन सहयोग गर्छ।

एउटा उदाहरण लिऔँ। तपाईहरुले घरधनीहरुले ‘मेरो घर ठूलो सम्पत्ती हो’ भन्ने सुन्नु भएको होला। अर्थपूर्ण लाग्दछ, होइन? तर, यो सँधै सत्य हुँदैन। केही कुरा त्यतिखेर सम्पत्ती हुन्छ जब त्यसले सकारात्मक क्यासफ्लो हुन्छ, अर्थात जब पैसा भित्र्याउँछ।

मानौँ तपाईको घरको मूल्य २ लाख छ जसमा १ लाख ५० हजार ऋण छ। पैसा कता जान्छ? भित्रिँदैन तर बाहिरिन्छ, तपाईको ऋण, शुल्क, बीमा र त्यस्तै कुराहरुमा। अवश्यपनि, एकदिन तपाईले सानो नाफामा त्यसलाई बेच्नुहुन्छ, तर तपाईसँग कुनै ग्यारेन्टी हुँदैन, त्यसले वास्तवमा यो दायित्व हो।

सम्पत्ती र दायित्वबीचको फरक बुझ्नु पहिलो ठूलो कदम हो। तर धनीहरुको लगानीमा सफलतापूर्वक लगानी गर्न अर्थात रियल स्टेट अथवा व्यवसाय खरिद गर्न, तपाईसँग वित्तीय शब्दावलीहरुको राम्रो ज्ञान हुनुपर्दछ।

मानौँ तपाई बढ्दो प्राविधिक व्यवसायको शेयर खरिद गर्न चाहनुहुन्छ र तपाई त्यो राम्रो डिल हो वा होइन भन्ने थाहा पाउन चाहनुहुन्छ भने कसरी पत्ता लगाउनु हुन्छ? शेयर मूल्यले केही कुरा भन्छ, त्यसैले साँच्चिकै भ्यालु बुझ्न, तपाईले डेब्ट इक्विटी रेशियो, रिटर्न अन इक्विटी, क्यास अन क्यास रिटर्न र फाइनान्सियल लिभरेज जस्ता गणना र विश्लेषण गर्नुपर्छ।

र यदि तपाईलाई ऋणले बनेको घर सम्पत्ती होइन, दायित्व हो भन्ने थाहा छैन भने धनीहरुको लगानी एकदमै जोखिमपूर्ण छ भन्ने सोच्नुमा कुनै आश्चर्यको विषय होइन। तपाईले बुझ्नु भएन भने सबै कुरा जोखिमपूर्ण लाग्न सक्छ।

त्यसैले, वित्तीय शिक्षा विकास गर्न समय व्यतित गर्नुहोस्, यो तपाईको हालसम्मकै उत्कृष्ट लगानी हुन सक्छ।

comments powered by Disqus

पहिलो त्रैमासमा बैंकहरुको बिजनेशः ६७ अर्ब निक्षेप संकलन हुँदा ५ गुणा बढी कर्जा लगानी, ८ बैंकको निक्षेप घट्यो

Oct 21, 2021 06:31 PM

बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेप संकलनको तुलनामा ५ गुणा बढी कर्जा लगानी गरेका छन्। चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकहरुले ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा २ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन्।