प्रभु क्यापिटलको प्रभु 'ऐश्वर्य योजना' आरम्भ

Sep 01, 2021 06:35 PM Merolagani



प्रभु क्यापिटलले (PBCL) लगानी व्यवस्थापन सेवा अन्तर्गत प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको छ ।महिलाहरुको महान चाड तीजको विशेष अवसर पारेर महिला केन्द्रित आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग पुर्याउन यो योजना सञ्चालनमा ल्याइएको क्यापिटलले जानकारी दिएको छ।

योजनामा सहभागी हुन चाहने महिला ग्राहकले न्यूनतम ३ लाखबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्नेछन्। यसमा क्यापिटलले वार्षिक रुपमा लिने लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ।

यस योजनामा सलंग्न भएका ग्राहकहरुले यस क्यापिटलका अन्य पिएमएसका योजनामा जस्तै दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने साथै साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने व्यवस्था गरिएको छ।

त्यसैगरी ग्राहकहरुले उत्कृष्ट मार्केट रिसर्च रिपोर्ट र समर्पित रिलेसनसिप म्यानेजर जस्ता सुविधा पनि पाउने व्यवस्था मिलाइएको छ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।