बाउन्स चेक काट्ने कट्टेल पक्राउ, ६० लाख जरिवाना र ७ दिन कैदको फैसला

Sep 03, 2021 05:18 PM MeroLagani



पर्याप्त पैसा नभएको चेक काट्ने टंकनाथ कट्टेल पक्राउ परेका छन् । बिर्तामोड नपा वडा नं ५ मंगलदीप बस्ने वर्ष ४३ का कट्टेलले सिभिल बैंकको खाताबाट पर्याप्त रकम नभएको बाउन्स चेक काटेको कसुरमा पक्राउ गरिएको हो ।

उनलाई उच्च अदालत पाटनले बैकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम ७ दिन कैद र ६० लाख जरिवानाको फैसला गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोले टोलीले उनलाई बिर्तामोड झापाबाट पक्राउ गरेको थियो ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।