बाउन्स चेक काट्ने कट्टेल पक्राउ, ६० लाख जरिवाना र ७ दिन कैदको फैसला

Sep 03, 2021 05:18 PM MeroLagani



पर्याप्त पैसा नभएको चेक काट्ने टंकनाथ कट्टेल पक्राउ परेका छन् । बिर्तामोड नपा वडा नं ५ मंगलदीप बस्ने वर्ष ४३ का कट्टेलले सिभिल बैंकको खाताबाट पर्याप्त रकम नभएको बाउन्स चेक काटेको कसुरमा पक्राउ गरिएको हो ।

उनलाई उच्च अदालत पाटनले बैकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम ७ दिन कैद र ६० लाख जरिवानाको फैसला गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोले टोलीले उनलाई बिर्तामोड झापाबाट पक्राउ गरेको थियो ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।