सानिमा माई हाइड्रोपावरले प्रस्ताव गर्यो लाभांश, कार्तिक ७ गते साधारणसभा

Sep 10, 2021 11:00 AM Merolagani



सानिमा माइ हाइड्रोपावर (SHPC) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको कमाइबाट चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

साथै बैठकले लाभांश पारित गर्न आगामी कार्तिक ७ गते कम्पनीको दशौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज १८ गते १ दिनको लागि बुकक्लोज गर्ने जनाएको छ। असोज १७ गतेसम्म कायम शेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।