कस्तो छ नेपाली बजारमा आएको नयाँ जेनेरेशन हुन्डाई टुसान गाडी?

Sep 11, 2021 01:44 PM Merolagani



नेपाली बजारमा केही दिन अघि नेपाली बजारमा नयाँ जेनेरेशनको हुन्डाई टुसान सार्वजनिक भयो। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ जेनेरेशन टुसानको मूल्य सार्वजनिक गर्यो।

सार्वजनिक भए पनि हालै यो गाडी बिक्री वितरण भने शुरु भएको छैन। कम्पनीका अनुसार अबको केही दिनपछि नेपाली बजारमा बिक्री शुरु हुन लागेको नयाँ जेनेरेशन टुसानको मूल्य समेत कम्पनीले सार्वजनिक गरेको छ।

नयाँ जेनेरेशन टुसान विभिन्न ४ भेरियन्टमा नेपाली बजारमा उपलब्ध भएको छ।

दुई इन्जिन अप्सनको साथ नेपाल आउने नयाँ जेनरेशन टुसानको ३ पेट्रोल भेरियन्ट र एक डिजेल भेरियन्ट उपलब्ध हुनेछ।

पेट्रोल भेरियन्टमा जिएलएस म्यानुअल, जिएलएस अटोमेटिक र जिएलएक्स अटोमेटिक छन् भने डिजेल भेरियन्टमा जिएलएक्स अटोमेटिकको साथ फोर ह्वील ड्राइभ सिस्टम रहनेछ।

यस्तो छ नयाँ टुसान
अहिले नेपाल आउन लागेको हुन्डाई टुसान फोर्थ जेनेरेशन मोडल हो। कम्पनीले ल्याउने नयाँ जेनेरेशन टुसान पुरानोको तुलनामा विल्कुलै फरक डिजाइन र फिचरले भरिएको छ।

राउन्ड ड्यासबोर्ड, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कन्सोलमा सिट भेन्टीलेसन बटम, अन्य कामको लागि बटम, गियर लिभरको स्थानमा बटम जस्ता फिचर पाउन सकिन्छ।

यसमा वायरलेस चार्जर, सनरुफ, एयर प्यूरिफायर, ६४ कलरको एम्बीयन्ट लाइट, ३६० डिग्री क्यामेरा, ड्राइभर सिट मेमोरी, रियर एसी भेन्ट, स्मार्ट फोनबाट चलाउन सकिने डिजिटल कि, हुन्डाई व्ल्यूलिंक कनेक्टीभीटी, बोसको साउन्ड सिस्टम जस्ता लग्जरी फिचर उपलब्ध रहेको छ।

मूल्यसूची अनुसार सुरुवाती भेरियन्टको मूल्य ८९ लाख ९६ हजार तोकिएको छ भने टप भेरियन्ट जिएलएक्स अटोमेटिक फोर ह्वील ड्राइभको १ करोड ३४ लाख ९६ हजार रहेको छ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।