अब युट्युबबाट हुने आम्दानीको १ प्रतिशत कर सरकारलाई तिनुपर्ने

Sep 10, 2021 05:49 PM merolagani



नेपालमा सामाजिक सञ्जालमा कुनै पनि सामग्री अपलोड गरी विदेशबाट आम्दानी गर्नेहरूलाई १ प्रतिशत अग्रिम कर लाग्ने भएको छ।

 सरकारले शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन विधेयक मार्फत विदेशबाट भएको आम्दानीको भुक्तानी दिने संस्थाले सुरुमै १ प्रतिशत अग्रिम कर उठाउने निर्णय गरेको हो । 

सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्नेहरूलाई भुक्तानी दिने बैङ्क, वित्तीय संस्था तथा मनी ट्रान्सफर गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको १ प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्ने छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।