अब युट्युबबाट हुने आम्दानीको १ प्रतिशत कर सरकारलाई तिनुपर्ने

Sep 10, 2021 05:49 PM merolagani



नेपालमा सामाजिक सञ्जालमा कुनै पनि सामग्री अपलोड गरी विदेशबाट आम्दानी गर्नेहरूलाई १ प्रतिशत अग्रिम कर लाग्ने भएको छ।

 सरकारले शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन विधेयक मार्फत विदेशबाट भएको आम्दानीको भुक्तानी दिने संस्थाले सुरुमै १ प्रतिशत अग्रिम कर उठाउने निर्णय गरेको हो । 

सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्नेहरूलाई भुक्तानी दिने बैङ्क, वित्तीय संस्था तथा मनी ट्रान्सफर गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको १ प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्ने छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।