राष्ट्रिय बीमा संस्थानले चुक्ता पूँजी दुई अर्ब पुर्याउने

Sep 12, 2021 12:09 PM Merolagani

राष्ट्रिय बीमा संस्थान (RBS) ले चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुर्याउने भएको छ। संस्थानको ३१ औं साधारण सभामा बोल्दै सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुर्याउने बताएका हुन्।

बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुर्याउने योजना सहित पूँजी वृद्धि अनुमतिको लागि अर्थमन्त्रालय पठाएको अध्यक्ष कँडेलले जानकारी गराए।

हाल कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख २० हजार रुपैयाँ मात्रै रहेको छ।

संस्थानको शनिबार सम्पन्न आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को लेखापरीक्षकको प्रतिवेदन,वासलात तथा नाफा नोक्सान हिसाव एवं नगद प्रवाह सम्बन्धी विवरणमाथि छलफल गरी पारित गरेको छ।

संस्थानले गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब ५७ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। सोही अवधिमा ३ अर्ब १९ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको संस्थानले जनाएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।