राष्ट्रिय बीमा संस्थानले चुक्ता पूँजी दुई अर्ब पुर्याउने

Sep 12, 2021 12:09 PM Merolagani



राष्ट्रिय बीमा संस्थान (RBS) ले चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुर्याउने भएको छ। संस्थानको ३१ औं साधारण सभामा बोल्दै सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुर्याउने बताएका हुन्।

बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुर्याउने योजना सहित पूँजी वृद्धि अनुमतिको लागि अर्थमन्त्रालय पठाएको अध्यक्ष कँडेलले जानकारी गराए।

हाल कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख २० हजार रुपैयाँ मात्रै रहेको छ।

संस्थानको शनिबार सम्पन्न आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को लेखापरीक्षकको प्रतिवेदन,वासलात तथा नाफा नोक्सान हिसाव एवं नगद प्रवाह सम्बन्धी विवरणमाथि छलफल गरी पारित गरेको छ।

संस्थानले गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब ५७ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। सोही अवधिमा ३ अर्ब १९ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको संस्थानले जनाएको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।