विदेशी लगानीकर्तालाई आकर्षित गर्न २०० मेगवाट भन्दा माथिका आयोजनालाई २१ वर्षसम्म छुट दिएका हौंः अर्थमन्त्री

Sep 12, 2021 04:10 PM Merolagani



विदेशी लगानीकर्तालाई आकर्षित गर्न २०० मेगावाट भन्दा ठूला जलाशय तथा अर्ध जलाशययुक्त आयोजनालाई २१ वर्षसम्म  आयकर छुट दिने व्यवस्था गरेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

अर्थमन्त्री शर्माले गत शुक्रबार संसदमा पेश गरेको अर्थ सम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकहरुको सन्दर्भमा जानकारी दिन अर्थमन्त्रालयको सभाहलमा आयोजित पत्रकार सम्मेलन यस्तो बताएका हुन् । ‘नदी प्रवाहमा आधारित आयोजना त्यति धेरै आवश्यकता अब नभएकाले विदेशी लगानीकर्तालाई आकर्षित गर्न जलाशय तथा अर्ध जलाशययुक्त आयोजनालाई यस्तो छुट दिइएको हो,’ उनले भने ।

विधेयकमा २०८२ साल चैत्रसम्म वित्तीय व्यवस्थापन सम्पन्न हुने २ सय मेगावाट माथिका जलविद्युत आयोजनाले २१ वर्षसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

बजेटमा व्यापारिक कारोबार शुरु गरेको मितिले पहिलो १५ वर्षसम्म पूरै र त्यसपछिको ६ वर्षसम्म ५० प्रतिशत आयकर गरी २१ वर्ष  आयकर छुट दिने व्यवस्था गरिएको छ ।

साथै, आयोजनालाई आवश्यक पर्ने निर्माण उपकरण, प्लाण्ट, मेशिनरी औजार एवम् सोको पार्टपूर्जा, पेनस्टक तथा स्टील सीटको पैठारीमा लाग्ने महसुल घटाई १ प्रतिशत मात्र लाग्ने व्यवस्था गरिएको छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।