‘प्रतिस्थापन बजेटले अटोमोबाइल उद्योगहरुको उदय गराउछ, मोटरसाइकलको मूल्य घटाउछ’

Sep 12, 2021 06:23 PM merolagani



प्रतिस्थापन बजेट मार्फत सरकारले एसेम्बल उद्योगलाई दिएको प्रोत्साहनको स्वागत गर्दै अटोमोबाइल डिलर्स एशोसिएसन अफ नेपाल (नाडा)ले अटोमोबाइल उद्योगको उदय हुने बताएको छ ।

नीतिगत अस्थिरताका कारण यसअघि उद्योगी व्यवसायीले उद्योग स्थापना गर्न पछि हट्ने गरेको भएपनि गत शुक्रबार सरकारले ल्याएको प्रतिस्थापन बजेटले अटोमोबाइल्स क्षेत्रलाई नै नयाँ स्वरुपमा अघि बढाउने जनाएको हो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले विगत १० बर्षदेखि गर्दै आएको सरकार समक्ष एसेम्बल उद्योगमा ५० प्रतिशत अन्तशुल्कको माग अहिले आएर पुरा भएको जानकारी दिए ।

‘प्रतिस्थापन बजेट मार्फत समेटिएको यो बिषयले नेपालमा अटोमोबाइल उद्योग धमाधम आउछन्’ उनले भने, ‘हाल एसेम्बल भइरहेका र एसेम्बल उत्पादन भइसकेका ब्रान्डको मूल्य घट्ने छ।’ 

हाल नेपालमा एसेम्बल उद्योग मार्फत बाइक उत्पादन गरिरहेका दुई कम्पनी टिभिएस र बजाज मोटरसाइकलको मूल्य ८ देखि १० हजार घट्ने जनाएको छ । विगत केहि बर्षमा दुई पाग्रे सवारी प्रयोग दर ७२ प्रतिशतले बढेको नाडाले जनाएको छ ।

 

जुन कोभिडको कारण सार्वजनिक यातायात भरपर्दो नहुनु नै रहेको नाडाका उपाध्यक्ष करण चौधरीको भनाई छ ।

उनका अनुसार १२५ देखि एक सय ५५ सीसी सेग्मेन्टका बाइकलाई २०० सीसी सेग्मेन्टमा सरकारले गाभिदिएको छ । जुन कम सेग्मेन्टका दुईपाग्रे सवारी चढ्ने ग्राहकको लागी समस्याको बिषय बनेको छ ।

‘कोभिडबाट उक्सिन लागेको र चाडपर्वको समयमा करका दर नबढाइ दिएको भए सहज वातावरण बन्ने थियो तर, एसेम्बल तर्फ सरकारको स्वागत योग्य कदम हो।’ 

यदि स्थिर नीति भएको खण्डमा अब अटोमोबाइल उद्योग खुल्ने र सस्तो दरमा ग्राहकले दुई पाग्रे सवारी चढ्न पाउने उनको भनाई छ । नाडाले महालेखा प्रतिवेदनले उठाएको एसेम्बलको बिषयलाई पनि स्वीकार गरेको छ ।

२५ प्रतिशत अन्तशुल्क छुट हुँदा उद्योग स्थापनाको खर्च र घाटामा चलेको कारण सवारीको मूल्य घट्न नसकेको तर, अब उद्योग स्थापना हुँदा ५० प्रतिशत अन्तशुल्क छुट भएका कारण मुल्य घट्नेमा कुनै दुविधा नरहेको नाडाले बताएको छ ।

अब अन्य दुई पाग्रे कम्पनी यामाहा, हिरो, होन्डा लगायतका ब्रान्डले पनि एसेम्बल उद्योग खोल्ने तयारी गरेको नाडाले जनाएको छ । हाल विदेशबाट पाटपूर्जा आयात गरेर नेपालमा दुई पाग्रे साधन जडान हुने गरेको छ ।

गत शुक्रबार प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेट पेश गर्दै नेपालमै सम्पूर्ण सवारीको एसेम्बल उद्योगलाई बढाएर लैजाने नीति सहित सबै प्रकारका सवारीको एसेम्बल गर्दा सवारीसाधनमा लाग्ने अन्तःशुल्क समेत ५० प्रतिशत छुट दिने घोषणा गरेका छन ।

यस अघि अघि एसेम्बलका लागि आयात गरिने चारपांग्रे र ठूला सवारीमा लाग्ने अन्तःशुल्कमा ५० प्रतिशत र मोटरसाइकलमा २५ प्रतिशत छुट दिइएको थियो ।

एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने बजेट आएपनि विदेशबाट पूर्णरुपमा निर्माण भएर नेपाल भित्रने सवारीलाई सरकारले निरुत्साहित गर्ने नीतिका साथ अघि बढेको छ ।

त्यस्तै प्रतिस्थापन बजेटले १२५ सीसीसम्मका मोटरसाइलमा ४० प्रतिशत, १२५ देखि दुई सय सीसीसम्म ५० प्रतिशत र २ सयदेखि २५० सीसीका मोटरसाइकलमा ६० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरेकोे छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।