विद्युतिय भुक्तानी सेवामा प्रवेश गर्यो टेलिकम, आजबाट व्यवसायीक रुपमा ‘नमस्ते पे’ सञ्चालनमा आउँदै

Sep 14, 2021 09:04 AM Merolagani



सरकारी स्वामित्व प्राप्त दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आजबाट विद्युतिय भुत्तानी सेवा सञ्चालनमा ल्याउदै छ। आज अर्थात भदौ २९ बाट व्यवसायीक रुपमा नमस्ते पे सञ्चालनमा आउने भएको हो।

योसँगै नेपाल टेलिकम पनि डिजिटल पेमेन्ट सेवामा औपचारीक रुपमा प्रवेश गरेको छ। कोरोना भाइरसका कारण लकडाउनले गर्दा सञ्चालनको समय पछि धकेलिएको डिजिटल पेमेन्ट नमस्ते पे नयाँ विशेषताका साथ शुरु हुने भएको हो।

सञ्चालनमा आउन लागेको डिजिटल पेमेन्ट कम्पनी नमस्ते पे मा नेपाल टेलिकमको ६२ प्रतिशत (२५ करोड ८८ लाख) र वाणिज्य बैंकका ३८ प्रतिशत (१५ करोड ११ लाख) संयुक्त लगानी छ।

टेलिकमले गत साउन देखि नै यो सेवा शुरु गर्ने भनेपनि सञ्चालनमा आउन लागेको डिजिटल पेमन्ट कम्पनी मोबाइल मनि सेवा केहि हप्ता अघिबाट परीक्षणको काम थालिएको थियो।

नमस्ते पे सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले चैत ३ गते लाइसेन्स अनुमति दिएको थियो। नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कोभिड १९ को दोस्रो लहरले टेलिकमको मोबाइल मनि सेवा सञ्चालनमा अवरोध पुर्याएर ढिलाइ भएपनि सेवा सञ्चालन गर्न सफल भएको जानकारी दिए।

‘मोबाइल मनिको काममा अन्तरराष्ट्रिय उडान ठप्प भएपछि विदेशबाट आवश्यक समान आउन पाएन जसले गर्दा उपकरण मात्रै डेढ महिना ढिलो आयो,’ उनले भने। अधिकारीका अनुसार कार्गो विमान नपाउँदा ती उपकरणहरु सिंगापुर, दुबई लगायतका देशमा लामो समय थन्किएका थिए।

नेपाल टेलिकमले मोबाइल मनि सेवा सञ्चालनका लागि विगत दुई वर्षदेखि कसरत गरिरहेको थियो। अब भने सेवा सञ्चालनको काम सम्पन्न भइ आजबाट सञ्चालनको घोषणा हुने भएको छ।

दुई कम्पनीको लगानीमा आउने मोबाइल मनिको सबैभन्दा पहिलो अकर्षणको विषय अनलाइन र अफलाइन कारोबार हो। टेलिकमले ल्याउन लागेको मोबाइल मनिमा इन्टरनेट भएको बेलामा र नभएको बेला दुबै समयमा अनलाइन कारोबार गर्न सकिनेछ।

त्यस्तै, मोबाइल ब्यालेन्सबाटै सामान किन्न सक्ने व्यवस्था समेत हुने टेलिकमले जनाएको छ। उक्त मोबाइल मनि ग्रामीण जनतामा केन्द्रित हुने समेत टेलिकमको भनाई छ।

त्यस्तै, टेलिकमको मोबाइल मनि सेवामा बैंकिङ्ग वालेट सेवा, क्युआर तथा सरकारी राजस्व तिर्न बढी फोकस हुनेछ।

पानी, बिजुली, टेलिफोनको बिल तिर्नेदेखि टिकटहरु काट्न, बिल तिर्न, रकम ट्रान्सफर गर्न यो प्रविधि उपयोगी हुने टेलिकमको मोबाइल मनि नयाँ प्रविधिमा आधारित हुनेछ।

हाल नेपाल टेलिकमका सिम प्रयोगकर्ता तीन करोड माथि छ। नमस्ते पेका प्रमुख कार्यकारी अधिकृतमा टेलिकमका पूर्व सहप्रवक्ता कृष्णप्रसाद भण्डारी नियुक्त्त भइसकेका छन्।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।