विकास बैंकहरुको ९८ करोडले निक्षेप बढ्दा पौने ३ अर्बले कर्जा बढ्यो

Sep 14, 2021 02:10 PM Merolagani



राष्ट्रियस्तरका विकास बैकहरुले एक सातामै करिब पौने ३ अर्ब भन्दा बढी ऋण वृद्धि गरेका छन् । एक हप्तामा विकास बैंकहरुले २ अर्ब ८९ करोड १६ लाख रुपियाँले ऋण वृद्धि गरेको विकास बंैक संघले जनाएको छ । भदौ २५ गतेसम्ममा विकास बैंकहरुले ३ खर्ब ६८ अर्ब ८० करोड ५० लाख रुपियाँ ऋण प्रदान गरेका छन् ।

यो गत हप्ताभन्दा करिब शून्य दशमलब ७९ प्रतिशतले बढी हो । एक हप्तामा राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप भने ९८ करोड २१ लाख रुपियाँले मात्र वृद्धि भएको हो । भदौ २५ गतेसम्म कुल राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ४ खर्ब १६ अर्ब ३७ करोड ९२ लाख रुपियाँ रहेको छ ।

क्षेत्रीयस्तरका विकास बैंकहरुको निक्षेप वृद्धि दर शून्य दशमलब ३५ प्रतिशतले घटेको छ भने ऋण शून्य दशमलब ३८ प्रतिशतले बढेको छ । विकास बैंक संघका तथ्यांकका अनुसार क्षेत्रीय विकास बैंकहरुको निक्षेप गत हप्ता ७२ अर्ब १७ करोड रुपियाँ रहेकोमा भदौ २५ सम्म पुग्दा क्षेत्रीय विकास बैंकहरुको निक्षेप ७१ अर्ब ९१ करोड रुपियाँ पुगेको छ । ६७ अर्ब १७ करोड रहेको ऋण भदौ २५ सम्म पुग्दा २५ करोड ८२ लाख रुपियाँले बढेर ६७ अर्ब ४३ करोड रुपिया ऋण पुगेको छ ।

समग्रमा १५ वटा विकास बैंकहरुको निक्षेप एक हप्तामा बढेर ४८९ अर्ब २८ करोड रुपियाँ पुग्दा ऋण भने ४३६ अर्ब २३ करोड रुपियाँ पुगेको छ । समग्रमा ७३ करोड १४ लाख रुपियाँले निक्षेप वृद्धि गर्दा कर्जा भने ३ अर्ब १४ करोड ९९ लाख रुपियाँले कर्जा वृद्धि गरेका छन् ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।