२ महिनामै सवा ३ खर्बको स्थायी तरलता सुविधाकाे प्रयोग, आज १५ अर्ब चलाए

Sep 14, 2021 06:39 PM MeroLagani



मंगलबार बैंकहरुले १५ अर्ब ३७ करोड रुपियाँ स्थायी तरलता सुविधा (एसएलएफ)को प्रयोग गरेका छन् । आज दिनभरिमा ९ पटक बैंकहरुले यो सुविधाको प्रयोग गरेको केन्द्रीय बैंकले जनाएको छ ।



आर्थिक वर्ष शुरु भएको २ महिना नबित्दै बैंकहरुले राष्ट्र बैंकबाट २६ कार्यदिनमा १ सय ५८ पटक गरेर ३ खर्ब ३१ अर्ब ३१ करोड रुपियाँ एसएलएएफको प्रयोग गरिसकेका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सीसीडी रेसियो खारेज गरेर सीडी रेसियो लागू गरेपछि बैंकहरु चरम तरलता अभावमा परेका छन् । ऋणको माग बढ्दै गएपनि सोही अनुसार निक्षेप नबढ्दा बैंकहरु चरम तरलतामा अभावमा परेका हुन् । तरलता अभावकै बाबजुद दैनिक राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद अनुपात (सीआरआर) कायम राख्न समेत एसएलएफ चलाउनुपर्ने बाध्यतामा बैंकहरु पुुगेको छ ।

वाणिज्य बैंकहरुले हरेक दिन कायम हुन आएको निक्षेप रकमको ३ प्रतिशत मौज्दात राष्ट्र बैंकमा सीआरआरको रुपमा राख्नुपर्ने प्रावधान छ । तरलता अभाव चुलिंदै गएपछि बैंकहरुले दैनिक एसएलएफ सुविधा लिँदै आएका हुन् । एक हप्ताको लागि ५ प्रतिशत व्याजमा केन्द्रीय बैंकले दिने यो सुविधा भदौमा दैनिकजसो प्रयोग भएको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।