२ महिनामै सवा ३ खर्बको स्थायी तरलता सुविधाकाे प्रयोग, आज १५ अर्ब चलाए

Sep 14, 2021 06:39 PM MeroLagani

मंगलबार बैंकहरुले १५ अर्ब ३७ करोड रुपियाँ स्थायी तरलता सुविधा (एसएलएफ)को प्रयोग गरेका छन् । आज दिनभरिमा ९ पटक बैंकहरुले यो सुविधाको प्रयोग गरेको केन्द्रीय बैंकले जनाएको छ ।



आर्थिक वर्ष शुरु भएको २ महिना नबित्दै बैंकहरुले राष्ट्र बैंकबाट २६ कार्यदिनमा १ सय ५८ पटक गरेर ३ खर्ब ३१ अर्ब ३१ करोड रुपियाँ एसएलएएफको प्रयोग गरिसकेका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सीसीडी रेसियो खारेज गरेर सीडी रेसियो लागू गरेपछि बैंकहरु चरम तरलता अभावमा परेका छन् । ऋणको माग बढ्दै गएपनि सोही अनुसार निक्षेप नबढ्दा बैंकहरु चरम तरलतामा अभावमा परेका हुन् । तरलता अभावकै बाबजुद दैनिक राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद अनुपात (सीआरआर) कायम राख्न समेत एसएलएफ चलाउनुपर्ने बाध्यतामा बैंकहरु पुुगेको छ ।

वाणिज्य बैंकहरुले हरेक दिन कायम हुन आएको निक्षेप रकमको ३ प्रतिशत मौज्दात राष्ट्र बैंकमा सीआरआरको रुपमा राख्नुपर्ने प्रावधान छ । तरलता अभाव चुलिंदै गएपछि बैंकहरुले दैनिक एसएलएफ सुविधा लिँदै आएका हुन् । एक हप्ताको लागि ५ प्रतिशत व्याजमा केन्द्रीय बैंकले दिने यो सुविधा भदौमा दैनिकजसो प्रयोग भएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।