मेगा बैंकको मुद्दती तथा बचत खातामा अब उच्च ब्याजदर, नयाँ बचत खाता योजना पनि सार्वजनिक

Sep 18, 2021 01:22 PM Merolagani



मेगा बैंकले (MEGA) मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । नेपालीहरुको महान चाड दशैं नजिकिँदै गरेको सन्दर्भमा मेगा बैंकले ग्राहकहरुलाई ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो ।

ग्राहकहरुले मेगा बैंकको मुद्दती खातामा बार्षिक ९ दशमलव ५५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । यसैगरी, बचत खातामा ६ दशमलव ०५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । जुन अहिले वित्तीय बजारमा चलिरहेको सर्वाधिक ब्याजदर मध्येको एक हो ।

यसैगरी, मेगा बैंकले वार्षिक ब्याजदर ५ दशमलव ०५ प्रतिशतसम्म रहेको मासिक रुपमा ब्याज प्राप्त हुने नयाँ बचत खाता योजना ल्याएको छ । ‘मेगा महा बचत खाता’ नामक यस बचत योजनामा दुई वर्षसम्म भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सुविधा निःशुल्क गरिएको छ । दुई वर्षसम्म लकर शुल्कमा ५० प्रतिशत छुट र उपभोक्ता कर्जा शुल्कमा २५ प्रतिशत छुट सुविधा रहेको यस खाता न्यूनतम १ हजार रुपैंयामा खोल्न सकिने मेगा बैंकले जनाएको छ ।

बैंकले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयहरुमा मुद्दती तथा बचत खाता खोली ब्याजदरसहितको सुविधा लिन ग्राहकहरुलाई आग्रह गरेको छ ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।