शुक्रबार देशभरमा १,५५८ कोरोना संक्रमित थपिए, १० जनाकाे निधन

Sep 17, 2021 05:19 PM Merolagani



शुक्रबार देशभरमा एक हजार ५५८ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा भएको कुल १२ हजार ३८५ परीक्षणमध्ये एक हजार ८६ जना पीसीआर परीक्षणका माध्यमबाट र ४७२ जना एन्टिजेन परीक्षणमा कोरोना पुष्टि भएको हो ।

एकदिनमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या १० रहेको छ । हालसम्म नेपालमा कुल ११ हजार १२ संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या एक हजार ३५१ रहेको छ । अहिलेसम्म कुल सात लाख ४६ हजार ५६६ जनाले संक्रमण जितिसकेका छन् ।

आज थपिएका संक्रमितमध्ये २७४ जना काठमाडौंका, ललितपुरका ७० जना र भक्तपुरका ५३ जना हुन् । देशमा आजसम्म कुल पीसीआर परीक्षणका माध्यमबाट सात लाख ८३ हजार ७५ जनामा र एन्टिजेन परीक्षणका माध्यमबाट ८८ हजार ६५९ जनामा कोभिड पोजिटिभ पाइएको हो । हाल २५ हजार ४९६ जना सक्रिय संक्रमित रहेका छन् ।

 

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।