शुक्रबार देशभरमा १,५५८ कोरोना संक्रमित थपिए, १० जनाकाे निधन

Sep 17, 2021 05:19 PM Merolagani



शुक्रबार देशभरमा एक हजार ५५८ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा भएको कुल १२ हजार ३८५ परीक्षणमध्ये एक हजार ८६ जना पीसीआर परीक्षणका माध्यमबाट र ४७२ जना एन्टिजेन परीक्षणमा कोरोना पुष्टि भएको हो ।

एकदिनमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या १० रहेको छ । हालसम्म नेपालमा कुल ११ हजार १२ संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या एक हजार ३५१ रहेको छ । अहिलेसम्म कुल सात लाख ४६ हजार ५६६ जनाले संक्रमण जितिसकेका छन् ।

आज थपिएका संक्रमितमध्ये २७४ जना काठमाडौंका, ललितपुरका ७० जना र भक्तपुरका ५३ जना हुन् । देशमा आजसम्म कुल पीसीआर परीक्षणका माध्यमबाट सात लाख ८३ हजार ७५ जनामा र एन्टिजेन परीक्षणका माध्यमबाट ८८ हजार ६५९ जनामा कोभिड पोजिटिभ पाइएको हो । हाल २५ हजार ४९६ जना सक्रिय संक्रमित रहेका छन् ।

 

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।