डिप्रोक्स लघुवित्तले डाक्यो साधारण सभा, यी प्रस्ताव हुँदैछन् पारित

Sep 19, 2021 09:58 AM Merolagani



डिप्रोक्स लघुवित्त (DDBL) ले असोज २३ गते बिसौँ वार्षिक साधारण सभा डाकेको छ। लघुवित्तले चितवन गार्डेन रिर्सोट, भरतपुर, चितवनमा बिहान ११ बजे सभा डाकेको हो।

सभाले चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्तलाई प्राप्ति गर्ने कार्य अघि बढाउन नसक्ने भएकोले हालसम्म भएका सम्पूर्ण कार्य अनुमोदन गर्ने, अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थाको समूह ‘ख’ साधारण शेयरधनीहरुमध्येबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले असोज १२ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।