सोमबार शेयर बजारले निर्णायक भूमिका खेल्ने, २८ सय १८ को बिन्दु पार गरे सपोर्ट थप बलियो हुने अन्यथा बजार कता जाला?

Sep 19, 2021 06:09 PM merolagani

सुवास निरौला

तरलता सङ्कट र बढ्दै गएको ब्याजदरको त्रासमा घट्दै आएको शेयर बजारले सोमबार निर्णायक भूमिका खेल्ने बताइएको छ। प्राविधिक विश्लेषणको आधारमा शेयर बजारले सोमबार निर्णायक भूमिका खेल्ने बताइएको हो।

पछिल्लो समय शेयर बजार घट्दो लयमा देखिएको छ। घट्दो लयमा देखिएको बजारले कुन दिशा तय गर्ला भन्ने विषयमा आम लगानीकर्ताको ठूलो चासो छ। सर्वसाधारण लगानीकर्तामा बजारको अवस्था कस्तो होला भन्ने कौतुहलता चलिरहँदा बजारले सोमबार सपोर्ट लेभल चेक गर्ने प्राविधिक विश्लेषकहरूले बताएका छन्।

प्राविधिक विश्लेषणमा पनि २८ सय र २७ सयमा महत्त्वपूर्ण सपोर्ट लिने विश्लेषकहरूको विश्लेषण छ। एक थरीले  २८ सयबाटै जबरजस्ती फर्किनु पर्ने दाबी गरिरहँदा अर्का थरीले २७ सयको सपोर्ट लिनु पर्ने बताएका छन्।

एक थरीले भने पछिल्लो समय बन्द भएको २८ सयको बिन्दुलाई सपोर्ट बिन्दुको रुपमा लिएका छन्। जुन बिन्दुमा शेयर बजार देखिएको छ। यस साताको अन्तिम कारोबार दिन सूचक २८ सय १२  अंकमा देखिएको हो। उक्त बिन्दु नै निर्णायक बिन्दु रहेको उनीहरूको भनाइ छ।

उनीहरूका अनुसार गत जेठ ५ गते पहिलो पटक बजारले २८ सयको लाइन छोएको थियो। उक्त दिन बजार २८२१.७१ अंक सम्म उक्लिएको थियो। त्यसपछि थोरै ओर्लिएको बजारले पुन: असार एक गते ३०५९ अंक भेट्टाएको थियो। माथिल्लो अंक छोएर तल झरेको बजार २८ सय अंकसम्म ओर्लियो। साउन ६ गते बजार २८ सय १५ अंकसम्म ओर्लियो। तर २८ सयको दरिलो सपोर्ट पाउँदै बजार पुनः माथि उक्लियो। भदौ ३ मा बजारले सर्वाधिक उचाइ कायम गर्‍यो। त्यसपछि घटेको बजारले पुनः भदौ २० मा २८ सयको सपोर्ट लेबल टेस्ट गर्‍यो। त्यसपछि बजार पुन: माथि उक्लियो। तर उक्त वृद्धि भने टिकाउ हुन सकेन । बजार पुन:ओर्लियो। पछिल्लो समय बजार पुन: २८ सय कै बिन्दुमा ओर्लिएर बन्द भएको छ। सोमबार बजार त्यही बिन्दुबाट खुल्ने छ। यसअघि पटक पटक उक्त बिन्दुको सपोर्ट लिँदै तल माथि गरिरहेको बजारले सोमबार भने कस्तो प्रतिक्रिया दिन्छ। त्यसैको आधारमा बजारले २८ सयको दिशा तय गर्ने उनीहरूले बताएका हुन्।

सोमबार बजारले हरियो क्यान्डल बनाउँदै अघि बढेमा बजारकालागि पुन: २८ सयको सपोर्ट लेभल थप बलियो हुने छ। बजार पुन: २९ सय ५० देखि तीन हजार २५ को बिन्दु पछ्याउँदै अघि बढ्ने छ। तर उक्त बिन्दुमा भन्दा तल बजार आएमा भने उक्त सपोर्ट लेभल तत्कालका लागि भत्किने छ। बजारले अर्को सपोर्ट खोज्दै पुन: ओरालो बाटो समाउने छ। उसले २५ सय ५० देखि २६ सयको अर्को सपोर्ट लिने २८ सयमा सपोर्ट लिन्छ भन्नेहरूको तर्क छ।

तर  प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्याल भने बजारले २७ सयको सपोर्ट लिने बत्ताउँछन्। २८ सयबाटै बजार फर्कियो भने उक्त फर्काइ दिगो नहुने उनको भनाई छ। २८ सयमा सपोर्ट लिन्छ भन्नेहरूले त्यसपछि बजार तीन हजार ५० पुग्ने भन्दै गर्दा बस्यालले पनि सोही कुरा दोहोर्‍याएका छन्। २८ सयबाट बजार फर्किँदा फेरि अर्को करेक्सन आउने चान्सेस बढी हुने। तर २७ सयबाट फर्किएमा भने त्यसले नयाँ रेकर्ड कायम गर्ने बस्यालको विश्लेषण छ।   

“बजारले सपोर्ट लिनु पर्ने भनेको २७ सयको हुनु पर्ने हो। किनभने वेभ काउन्टिङ अझै पुगेको  छैन। २८ सयकै लाइनबाट फर्कियो भने सूचकले फेरि नयाँ रेकर्ड बनाउन सक्दैन। बजार तीन हजारकै आसपासमा गएर फेरि फर्किने छ। तर उसको तल ओर्लने कोर्स पुरा गरेर वा भनौँ २७ सयको सपोर्ट लिएर फर्कियो भने मात्रै सस्टेनेबेल फर्काइ हुन्छ। २७ सय भनेको ठिक्क २७ सय नै मान्नु हुँदैन । त्यसमा ५० अंक तल वा माथि हुन सक्छ” बस्यालले भने।

प्राविधिक बिष्लेषण रिट्रेसमेन्टलाई प्रमुख आधार मान्ने गरिन्छ। प्राविधिक विषय अध्ययन गर्नेहरूले यसको मापन गर्ने गर्छन्। प्राविधिक विश्लेषण गर्ने प्राविधिक सफ्टवेयरमा उक्त मापन गर्ने फिचर हुन्छ। यसमा ६० प्रतिशत तल र ६० प्रतिशत माथि बजार उक्लिने विश्लेषण बढी गर्ने गरिन्छ। यसैको आधारले पनि २७ सय भनिएको बस्यालले बताए। “२७ सय भनेको ६१ प्रतिशत रिट्रेषमेन्ट पनि हो” बस्यालले भने।

यदि त्यहाँ सपोर्ट लिन सकेन भने बजार २३ सय ७० तर लम्किने बताइएको छ। २७ सय बाट सपोर्ट लिएर उक्लियो भने नयाँ रेकर्ड उन्मुख हुन सक्छ। आउने तीन चार महिनाको लागि माथि जान सक्छ। अहिलेलाई करेक्सन सकिने बस्यालले बताए।

यति बेला बजार घट्नुलाई ब्याजदर र तरलता कारणको रुपमा लिइए नि बजारले भने स्वाभाविक रूपमै घट्दो लय समाएको बताइएको छ। प्राविधिक विश्लेषणमा बजारमा घट/बढ हुनुको कारण खोज्ने गरिँदैन। निश्चित लेभलमा बजार पुगेपछि तल झर्ने र माथि उक्लने गर्छ भन्नेमै प्राविधिक विश्लेषकहरूले बढी विश्वास गर्ने गर्छन्। पछिल्लो गिरावटलाई पनि उनीहरूले स्वाभाविक करेक्सन नै भनेका छन्।   

क्यापिटल मार्केटमा एकदमै थोरै समयमा १८० प्रतिशत बजार बढेको हो। कुनै न कुनै लेभलबाट प्रफिट बुकिङ त आउनै पर्ने थियो। सस्टेनेबल प्रफिट बुकिङ नआए ह्यान्ड चेन्ज हुँदैन। घट्ने कारण खोज्दै जाने हो भने अहिलेलाई ब्याजदर र तरलतालाई नै लिनु पर्ने हुन्छ। तर प्राविधिक विश्लेषण गर्दा खासै कारणचाहिँ खोजी गरिन्न। कुनै लेभल ब्रेक भएको छ। प्याटनहरु बनेका छन् भने तिनै प्याटनको बेसिसमा जजमेन्ट गर्ने हो। तिनै प्याटेनहरुले बजारलाई ३२ सयबाट करेक्सन हुनै पर्ने ठाउँमा पुर्‍याएको थियो। अरू बेला १० प्रतिशतको करेक्सन भएर फर्किन्थ्यो भने यो बेला चाहिँ करिब १५ प्रतिशतको करेक्सन भई सक्यो। अब यो २० वा २५ प्रतिशतसम्म नै जान्छ वा जाँदैन त्यो बजारले नै तय गर्ला । तर ११ सय ५० देखि ३२ सय सम्मको र्यालिको एउटा करेक्सनको पार्टको रुपमा मात्रै लिएको छु। बजारले निश्चित समय लिएर करेक्सन गरिसकेपछि बुल रन चाहिँ जारी नै रहन्छ” बस्यालले भने।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।