अध्यक्ष ढुङ्गानाको छानबिनका लागि गठन भएको समितिले प्रतिवेदन बुझायो, अर्थमन्त्रीले प्रतिवेदन बुझ्दै भने "प्रधानमन्त्रीसँग कुरा गरेर अघि बढ्छाैं"

Sep 21, 2021 04:30 PM merolagani



नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाको विषयमा गठन गरिएको जाँचबुझ समितिले मंगलबार प्रतिवेदन बुझाएको छ।

समितिले मंगलबार अर्थमन्त्रीलाई एक कार्यक्रमका बीच उक्त प्रतिवेदन बुझाएको हो। समितिले दिउसो तीन बजे अर्थमन्त्री जनार्दन शर्मालाई उक्त प्रतिवेदन बुझाएको अर्थ मन्त्रालयका वित्तीय व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव रमेश कुमार केसीले बताए। “आज समितिले अर्थमन्त्रीलाई प्रतिवेदन बुझाएको छ। दिउसो तीन बजे एक कार्यक्रमका बीच समितिले प्रतिवेदन बुझाएको हो” केसीले मेरो लगानी सँग भने।

समितिको प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले प्रतिवेदनका विषयमा प्रधानमन्त्रीसँग कुरा राख्ने र प्रधानमन्त्रीको निर्देशन बमोजिम के कस्तो प्रक्रिया अघि बढाउने भन्ने विषयमा जानकारी दिने बताएको केसीको भनाई छ। प्रतिवेदनमा भएको विषय भने खुलाइएको छैन। प्रधानमन्त्री सँगको सल्लाहपछि मात्रै उक्त विषयको जानकारी दिने केसीको भनाई छ।

गत भदो १६ गते नेपाल सरकार मन्त्री परिषद् बैठकले अध्यक्ष ढुङ्गानालाई निलम्बन गर्दै उनीमाथि लागेको आरोपको विषयमा जाँचबुझ गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो। उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रोको अध्यक्षतामा समिति गठन गरिएको थियो। गठित समितिमा प्राध्यापक नारायण प्रसाद पौडेल र नेपाल कानुन आयोगका सहसचिव अर्जुन कुमार खड्का सदस्य रहेका थिए।   

धितोपत्र एन २०६३ को दफा सातको उपदफा त बमोजिम समिति गठन गरिएको थियो। उक्त समिति गठन गर्न सक्ने व्यवस्था धितोपत्र बोर्ड सम्बन्धी नियमावली २०६४ को नियम ११ मा छ। सोही नियम बमोजिम सरकारले जाँचबुझ समिति गठन गरेको हो। अध्यक्ष ढुङ्गानालाई सर्वोत्तम सिमेन्टको शेयर अनियमित तरिकाले खरिद गरेको आरोप लागेको छ। तर ढुङ्गानाले भने आफूले नियम विपरीत काम नगरेको भन्दै बचाउ गर्दै आएका छन्।  

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।