विस्तारै बढ्न थाल्यो बैंकहरुमा निक्षेप संकलन, एक सातामा २६ अर्बले बढ्यो निक्षेप

Sep 21, 2021 05:15 PM Merolagani



वाणिज्य बकैंहरुमा विस्तारै निक्षेप संकलनको दर बढ्न थालेको देखिएको छ। चालु आर्थिक वर्ष लागेदेखि नै खासै बढ्न नसकेको निक्षेप संकलन भदौपछि विस्तारै बढ्न थालेको देखिएको छ।

नेपाल बैंकर्स एशोशियसनको तथ्याँक अनुसार गत साता बैंकहरुको निक्षेप संकलन २६ अर्ब रुपैयाँले बढेको छ। भदौ पहिलो साता ७ अर्बले घटेको निक्षेप संकलन दोस्रो साता ८ अर्ब रुपैयाँले बढेको थियो। तेस्रो साता ४ अर्ब बढेको थियो भने चौथो साता १६ अर्ब रुपैयाँले बढेको थियो। अन्तिम साता भने २६ अर्ब रुपैयाँले बढेको छ।

निक्षेप संकलन मात्रै होइन कर्जा लगानी पनि बढ्दो क्रममा देखिन्छ। भदौ अन्तिम सातामात्रै बैंकहरुले २८ अर्ब कर्जा लगानी गरेका छन्। अघिल्लो साता कर्जा लगानी २५ अर्ब रुपैयाँले बढेको थियो।

तथ्याँक अनुसार भदौ ३१ गतेसम्ममा बैंकहरुले ४१ खर्ब ७१ अर्ब निक्षेप संकलन गरी ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। 

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।