भदौ महिनामा कुन बैंकले कति बढाए व्यवसाय?

Sep 21, 2021 06:16 PM Merolagani



भदौ महिनामा बैंकहरुको निक्षेप संकलन भन्दा कर्जा लगानी बढी गरेका छन्। बैंकहरुले भदैामा बैंकहरुले निक्षेप संकलन ४८ अर्ब रुपैयाँले बढाएका छन् भने कर्जा लगानी १०८ अर्ब रुपैयाँले बढाएका छन्।

वाणिज्य बैंकहरुमध्ये भदौ महिनामा नेपाल बैंकको निक्षेप संकलन सबैभन्दा धेरै १२ अर्ब ५६ करोड रुपैयाँले बढेको छ भने एनआइसि एशिया बैंकको पनि १२ अर्ब १ करोड रुपैयाँले बढेको छ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको निक्षेप संकलन सबैभन्दा धेरै ५ अर्ब रुपैयाँले घटेको छ भने नेपाल बंगलादेश बैंकको पनि ४ अर्ब रुपैयाँले घटेको छ।

यसैगरी भदौ महिनामा कर्जा लगानीमा भने एनआइसि एशिया बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले भदौ एक महिनामा ९ अर्ब ११ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ भने ग्लोबल आइएमई बैंकले पनि ९ अर्ब ५ करोड रुपैयाँले बर्जा लगानी बढाएको छ।

प्रभु बैंकको भने भदौ महिनामा कर्जा लगानी ३४ करोड रुपैयाँले घटेको छ।

  • भदौमा कुन बैंकको व्यवसाय कस्तो हेर्नुहोसः




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।