सिटिजन्स बैंकले तोक्यो बुकक्लोज मिति

Sep 29, 2021 10:21 AM Merolagani



सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले बुकक्लोज मिति तोकेको छ।

बैंकले १५ औँ वार्षिक साधारण सभा प्रयोजनार्थ असोज २२ गते एक दिन बुकक्लोज गर्ने भएको छ।

यस अनुसार असोज २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस शेयर र ३.०८९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।