सिटिजन्स बैंकले तोक्यो बुकक्लोज मिति

Sep 29, 2021 10:21 AM Merolagani



सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले बुकक्लोज मिति तोकेको छ।

बैंकले १५ औँ वार्षिक साधारण सभा प्रयोजनार्थ असोज २२ गते एक दिन बुकक्लोज गर्ने भएको छ।

यस अनुसार असोज २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस शेयर र ३.०८९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।