थप १,०६६ जनामा कोभिड १९ पुष्टि, १३ जनाले ज्यान गुमाए

Oct 01, 2021 05:09 PM Merolagani



पछिल्लो २४ घण्टामा थप एक हजार ६६ जनामा कोभिड १९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेट अनुसार १० हजार ११३ पीसीआर परीक्षणबाट ८९८ जनामा र तीन हजार २५५ एन्टिजेन परीक्षणबाट १६८ जनामा संक्रमण देखिएको हो ।

शुक्रबार नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने १३ जना रहेका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा ९३८ जना संक्रमण मुक्त भएका छन् ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका २६६ जना, ललितपुरका ६२ जना र भक्तपुरका ३१ जना छन् । हाल देशमा सक्रिय संक्रमितको संख्या १८ हजार ११५ रहेको छ ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।