थप १,०६६ जनामा कोभिड १९ पुष्टि, १३ जनाले ज्यान गुमाए

Oct 01, 2021 05:09 PM Merolagani



पछिल्लो २४ घण्टामा थप एक हजार ६६ जनामा कोभिड १९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेट अनुसार १० हजार ११३ पीसीआर परीक्षणबाट ८९८ जनामा र तीन हजार २५५ एन्टिजेन परीक्षणबाट १६८ जनामा संक्रमण देखिएको हो ।

शुक्रबार नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने १३ जना रहेका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा ९३८ जना संक्रमण मुक्त भएका छन् ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका २६६ जना, ललितपुरका ६२ जना र भक्तपुरका ३१ जना छन् । हाल देशमा सक्रिय संक्रमितको संख्या १८ हजार ११५ रहेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।