आइतबार कोरोना संक्रमित घटे, निको हुनेको संख्या दोब्बर

Oct 03, 2021 05:52 PM Merolagani



आइतबार नेपालमा ६७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटका अनुसार २४ घण्टामा भएको सात हजार ७० पीसीआर परीक्षणमा ५७४ जना र तीन हजार ८५० एन्टिजेन परीक्षण १०५ जनामा कोरोना पुष्टि भएको छ ।

#C73अघिल्ला केहि दिनको तुलनामा आइतबार कम संख्यामा कोभिड १९ पोजिटिभ पाइएको छ । यस्तै एक दिनमा संक्रमणमुक्त हुनेको संख्या भने संक्रमितको भन्दा दोब्बर रहेको छ । २४ घण्टामा एक हजार ४०५ जनाले कोरोना जितेका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार सोहि अवधिमा सात जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।हाल नेपालमा १३ हजार ८०४ जना सक्रिय संक्रमित छन् । आज थपिएका संक्रमितमध्ये काठमाडौंका २२२ जना, ललितपुरका २० जना र भक्तपुरका १३ जना छन् ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।