आइतबार कोरोना संक्रमित घटे, निको हुनेको संख्या दोब्बर

Oct 03, 2021 05:52 PM Merolagani



आइतबार नेपालमा ६७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटका अनुसार २४ घण्टामा भएको सात हजार ७० पीसीआर परीक्षणमा ५७४ जना र तीन हजार ८५० एन्टिजेन परीक्षण १०५ जनामा कोरोना पुष्टि भएको छ ।

#C73अघिल्ला केहि दिनको तुलनामा आइतबार कम संख्यामा कोभिड १९ पोजिटिभ पाइएको छ । यस्तै एक दिनमा संक्रमणमुक्त हुनेको संख्या भने संक्रमितको भन्दा दोब्बर रहेको छ । २४ घण्टामा एक हजार ४०५ जनाले कोरोना जितेका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार सोहि अवधिमा सात जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।हाल नेपालमा १३ हजार ८०४ जना सक्रिय संक्रमित छन् । आज थपिएका संक्रमितमध्ये काठमाडौंका २२२ जना, ललितपुरका २० जना र भक्तपुरका १३ जना छन् ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।