सबैको लघुवित्तको आकर्षक लाभांश घोषणा

Oct 06, 2021 10:23 AM Merolagani



सबैको लघुवित्त वित्तयि संस्था लिमिटेड (SABSL) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने आकर्षक लाभांश घोषणा गरेको छ।

लघुवित्तको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत गरी १.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बेंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ छ। ३१.०५ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी २७ करोड रुपैयाँ पुग्नेछ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।