दशैंको दक्षिणा कुन कुन कम्पनीको आईपीओमा लगानी गर्ने?

Oct 15, 2021 05:42 PM Merolagani



नेपालीहरुको महान चाड विजय दशमीको हाम्रो घरदैलोमा आईसकेको छ। दशैंको रमझम लगत्तै कम्पनीहरुले साधारण शेयर (आईपीओ) निष्काशनको तयारीमा रहेका छन्।

प्राथमिक बजारमा न्यूनतम एक हजार रुपैयाँले पनि लगानी गर्न सकिने भएपछि दशैंमा प्राप्त दक्षिणा लगानी गर्न सकिन्छ। शेयर बजारबाट कमाई गर्ने इच्छुकहरुले दशैंमा प्राप्त दक्षिणा लगानी गर्न सक्नेछन्।

कम्पनीले आइपीओ निष्काशन गर्नेको लागि नियामन निकाय नेपाल धितोपत्र बार्डमा स्वीकृतीको पर्खाइमा रहेका छन्। बोर्डको पाईपलाईनमा २१ वटा कम्पनीहरुको ५ अर्ब ९४ करोड ७२ लाख ८९ हजार ४०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने अनुमतिको पर्खाइमा रहेका छन्।

जसमध्ये सबैभन्दा धेरै हाईड्रोपावर कम्पनीहरु रहेका छन्। हाईड्रोपावर समूहका १२ वटा कम्पनीको तीन अर्ब ४६ करोड ९९ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने पर्खाइमा रहेका छन्।
त्यसैगरी, लघुवित्त कम्पनीहरुको ५ कम्पनीका २८ करोड ६२ लाख ३३ हजार रुपैयाँ, दुई इन्स्योरेन्स कम्पनीहरुको एक अर्ब ८७ करोड २० लाख रुपैयाँ र अन्य समूहको २९ करोड ४१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नको लागि पर्खाइमा रहेका छन्।

पछिल्लो समय आईपीओमा लगानी गरेर राम्रो आम्दानी हुन थालेपछि लगानीकर्ताहरु आकर्षित भएका छन्। यो मौका पारेर विगतका वर्षहरुमा भन्दा यस वर्ष साधारण शेयर बिक्री गर्न इच्छुक कम्पनीहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको पाइन्छ।

चालु आर्थिक वर्षको करिब तीन महिनाको अवधिमा बोर्डबाट आईपीओ जारी गर्ने स्वीकृती पाएका मध्ये सहास उर्जा, बुद्धभुमि नेपाल हाईड्रोपावर र न्यादी हाईड्रोपावर कम्पनीहरुले निष्काशन गरिसकेका छन्।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।